
- इस्लामाबादले २७० अफगान तालिबान र आतङ्की तथा काबुलले ५५ भन्दा बढी सैनिक मारेको दाबी
इस्लामाबाद/काबुल, २८ फरवरी (हि.स.)। पाकिस्तान र अफगानिस्तानबीचको हालैको झडपले परिस्थितिलाई पूर्ण रूपमा परिवर्तन गरेको छ। दुई देशबीच युद्ध जस्तो अवस्था सिर्जना भएको छ। लडाकु विमानहरू आकाशमा गर्जिरहेका छन् र बम विस्फोटले क्षेत्र हल्लाएको छ। अहिलेसम्म भएको लडाईमा कम्तिमा ३२५ जनाको मृत्यु भएको छ। इस्लामाबादले २७० अफगान तालिबान र आतङ्कवादी मारेको दाबी गरेको छ। काबुलले थप ५५ पाकिस्तानी सैनिक मारेको दाबी गरेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा मोहम्मद आसिफले इस्लामाबादको धैर्य टुटेको छ र उनीहरूले अफगानिस्तानसँग खुला युद्धको घोषणा गरेका छन्।
पाकिस्तानको दुनिया न्यूज र द अफगानिस्तान टाइम्समा हालैका रिपोर्टहरूले यो वर्तमान अवस्थाको वर्णन गरेका छन्। रिपोर्टहरूका अनुसार, पाकिस्तानी सेनाले काबुल, कंधार र पक्तिया सहित अफगानिस्तानका धेरै भागहरूमा हवाई आक्रमण शुरु गरेको छ। अफगान तालिबान सेनाले डुरन्ड रेखामा रहेका पाकिस्तानी सैन्य अड्डाहरूमा आक्रमण गरेर सीमापार झडपमा ५५ पाकिस्तानी सैनिक मारिएको मारिएको दाबी गरेको छ। संयुक्त राष्ट्र संघले जारी संघर्ष द्वन्द्वप्रति चिन्ता व्यक्त गरेको छ।
अफगानिस्तानको तालिबान सरकारको रक्षा मन्त्रालयको एक विज्ञप्तिमा भनेकाे छ, लडाई 26 फरवरीमा राति ८ बजे शुरु भएको थियो। अफगान सेनाले डुरन्ड रेखाको पूर्वी र दक्षिणपूर्वी क्षेत्रहरूमा रहेका पाकिस्तानी स्थानहरूलाई लक्षित गरेर जवाफी कारबाही गरे। तालिबान सेना प्रमुखको आदेशमा मध्यरातमा अपरेशनहरू रोकिएका थिए। विज्ञप्तिमा ५५ पाकिस्तानी सैनिक मारिएको, दुई मिलीट्री पाेस्ट र १९ सैन्य चौकीहरू नष्ट भएको र एक पाकिस्तानी ट्याङ्क नष्ट भएको दाबी गरिएको छ। लडाईमा आठ तालिबान लडाकुहरू पनि मारिएका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघर्षबारे टिप्पणी गर्दै पाकिस्तानप्रति समर्थन व्यक्त गरेका छन्। संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अफगानिस्तान र पाकिस्तानबीच बढ्दो तनाउ र नागरिकहरूमा यसको प्रभावप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। उनले अफगानिस्तान र पाकिस्तान दुवैलाई तुरुन्तै हिंसा बन्द गर्न आग्रह गरे। यसैबीच, तालिबानले शुक्रबार खोस्त र पक्तिकामा पाकिस्तानी हवाई आक्रमणमा १९ जना सर्वसाधारण मारिएको र २६ जना घाइते भएको बताएको छ। रेडक्रसको अन्तरराष्ट्रिय समितिका अध्यक्ष मिर्जाना स्पोलजारिकले पनि दुवै देशलाई संयम अपनाउन अपील गरेका छन्।
लडाईलाई ध्यानमा राख्दै ब्रिटेनले आफ्ना नागरिकहरूलाई पाकिस्तानका केही भागहरूमा यात्रा नगर्न सल्लाह दिएकाे छ। विज्ञप्तिमा भनिएको छ, पाकिस्तान-अफगानिस्तान सीमा, बलुचिस्तान र खैबर पख्तुनख्वाका केही भागहरूमा लडाई तीव्र भएको छ। त्यसैले, यी क्षेत्रहरू वरिपरि यात्रा गर्न सल्लाह दिइन्छ। पाकिस्तानमा बसोबास गर्ने ब्रिटेनका नागरिकहरूलाई घर भित्रै बस्न सल्लाह दिइएकाे छ।
यसैबीच, पाकिस्तानी सेनाको जनसम्पर्क शाखा, इन्टर सर्भिसेज पब्लिक रिलेशन्सका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले अपरेशनलाई गजब-लिल-हक नाम दिएका छन्। उनले भने, अफगान तालिबान सरकारले पाकिस्तानसँग मिल्ने कि तहरीक-ए-तालिबान पाकिस्तान, बलुचिस्तान लिबरेशन आर्मी, दाएश र अल-कायदा जस्ता समूहहरूसँग मिल्ने भन्ने निर्णय गर्नुपर्छ। पाकिस्तान सेना पूर्वी र पश्चिमी दुवै सीमाहरूमा खतराहरूको जवाफ दिन पूर्ण रूपमा तयार छ। सेनाले सबै मोर्चाहरूमा नजिकको निगरानी राखिरहेको छ।
सैन्य प्रवक्ताले गजब-लिल-हक सफलताको बारेमा भने, अहिलेसम्म २७४ अफगान तालिबान शासनका सदस्य र लडाकुहरू मारिएका छन्, जबकि ४०० भन्दा बढी घाइते भएका छन्। उनले उपलब्ध युद्धभूमि मूल्याङ्कनका आधारमा यी तथ्याङ्कहरू राखे। उनले भने, पाकिस्तानी सेनाले ७३ शत्रु चौकीहरू ध्वस्त पारेको छ र १८ वटा कब्जा गरेको छ। विपक्षी सेनाका ११५ ट्याङ्क, कर्मचारी वाहकहरू र तोपखानाहरू नष्ट भएका छन्। उनले देशको रक्षा गर्दा १२ सैनिकहरू शहीद भएकाे, २७ जना घाइते भएकाे र एक सैनिक अझै बेपत्ता रहेकाे बताएका छन्।
हिन्दुस्थान समाचार / भवानी थामी