
गुवाहाटी, 10 मार्च (हि.स.)। अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ)-ले आगामी असम विधानसभा चुनाउको लागि आफ्ना उम्मेद्वारहरूको पहिलो सूची जारी गरेको छ। पार्टीले राज्यका नौ वटा विधानसभा क्षेत्रको लागि उम्मेद्वारहरूको नाम घोषणा गरेको छ।
पार्टीद्वारा जारी सूची अनुसार अमिनुल इस्लामलाई रूपहीहाट सीटबाट उम्मेद्वार बनाइएको छ भने रफिकुल इस्लामलाई मानिदाबाट मैदानमा उतारिएको छ। मीनाक्षी रहमानलाई पाका बेतबारीबाट टिकट दिइएको छ भने अबू ताबेर बेपारीले पर्वतझोरा विधानसभा क्षेत्रबाट चुनाउ लड़्नेछन्।
यस अतिरिक्त पार्टीले निजानुर रहमानलाई गौरीपुर सीटबाट, रेजाउल करीम सरकारलाई श्रीजंग्रामबाट, मतिउर रहमानलाई धिंगबाट तथा शबाना अख्तरलाई बिलासीपाराबाट टिकट दिइएको छ भने सिद्दीक अहमदलाई लाहरीघाट विधानसभा क्षेत्रबाट उम्मेद्वार बनाइएको छ।
पहिलो सूची जारी गर्नको साथै एआईयूडीएफले आगामी विधानसभा चुनाउको लागि आफ्नो तयारीलाई औपचारिक रूपमा शुरू गरेको छ। मानिँदैछ, चुनावी प्रक्रिया जति-जति अगाड़ि बढ़्छ उति-उति पर्टीद्वारा उम्मेद्वारहरूको अन्य सूची पनि जारी गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा