सिङताम पुलिसले नशा विरोधी निगरानी अभियान तीव्र पार्यो
सिङताम पुलिसले नशा विरोधी निगरानी अभियान तीव्र पार्यो


गान्तोक, 15 मार्च (हि.स.)। सिङताम पुलिसले नशा विरोधी निगरानी अभियान तीव्र पारेको छ। यस क्रममा आज सिङताम पुलिस स्टेशनका एसएचओ किशोर छेत्रीले पुलिस कर्मचारीहरूसँगै दक्षिण सिक्किमको नामथाङस्थित डिभाइन डिटक्सिफिकेसन सेन्टर सोसाइटी र पाकिम जिल्लाको सराम्सास्थित अवेक डिटक्सिफिकेसन सेन्टरमा आकस्मिक निरीक्षण गरे।

यस अवधि नामथाङ सेन्टरमा ३२ जना व्यक्ति डिटक्सिफिकेसनका लागि भर्ना थिए भने सराम्सा सेन्टरमा ४८ जना थिए। टोलीले सेन्टरहरूको दैनिक दिनचर्या, व्यवस्थापन प्रणाली, रेकर्ड, सरसफाई र समग्र सञ्चालनको समीक्षा गरे। यसरी नै उपचाराधीनहरुसँग कुराकानी गरी उनीहरूलाई पुनर्वास प्रक्रियाप्रति प्रतिबद्ध रहन र स्वस्थ, नशामुक्त जीवन जिउन प्रेरित गरियो। प्राधिकारीहरूलाई निर्धारित निर्देशनहरू कडाइका साथ पालना गर्न र आवासीयहरूको उचित निगरानी तथा हेरचाह सुनिश्चित गर्न पनि सल्लाह दिइएको विज्ञप्तिमा उल्लेख छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande