
गुवाहाटी, 10 मार्च (हि.स.)। अल इण्डिया यूनाइटेड डेमोक्रेटिक फ्रण्ट (एआईयूडीएफ) का अध्यक्ष बदरुद्दीन अजमलले कंग्रेस पार्टीमाथि आरोप लगाएका छनं, कंग्रेसले परोक्ष रूपमा असममा भारतीय जनता पार्टी (भाजपा) लाई सत्तामा पुनः ल्याउनमा सहयोग गरिरहेको छ।
एक कार्यक्रममा भाग लिएपछि मीडियासित बातचित गर्दै अजमलले भने, उनको पार्टीको मुख्य उद्देश्य राज्यबाट भाजपालाई सत्ताच्युत गर्नु हो। तर कंग्रेस विपक्षको भूमिका निर्वाह गर्न असफल भएको छ जसबाट सत्ताधारी दललाई फाइदा भइरहेको छ।
अजमलले भने, “हाम्रो लक्ष्य भाजपालाई सत्ताबाट हटाउनु हो, तर कंग्रेसले उनीहरूलाई फेरि सत्तामा ल्याउनमा मद्दत गरिरहेको छ।” उनले दाबी गरे, कंग्रेसका केही विधायकहरू पहिलाबाटै भाजपामा सामेल भइसकेका छन् जसबाट यो स्पष्ट हुन्छ कि कंग्रेस पार्टी भाजपालाई प्रभा
उनले आरोप लगाए, अहिलेसम्ममा कंग्रेसका आठजना विधायकहरू भाजपामा सामेल भइसकेका छन्। यस्तो स्थितिमा कंग्रेसलाई भाजपाको “ए टीम” भन्न सकिन्छ।
एआईयूडीएफ अध्यक्षको यो बयान यस्तो समयमा आएको छ जतिबेला राज्यमा आगामी विधानसभा चुनाउलाई लिएर राजनीति तातिएको छ। विपक्षी दलहरू एका-अर्कामाथि आरोप-प्रत्यारोप गरिरहेका छन्।
तथापि कंग्रेस पार्टीले सबै विपक्षी दलहरूलाई एकजुट पारेर विधानसभा चुाउ लड़्ने दाबी गरिरहेको भए पनि वर्तमानमा उसको गठबन्धनमा कंग्रेस सहित चार वटा दल मात्र सामेल भएका छन्। त्यसैले अन्य विपक्षी दलहरूले कंग्रेसको रणनीतिमाथि प्रश्न उठाइरहेका छन् जसले विपक्षी एकतामा फाँटो आएको स्पष्ट संकेत देखाइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा