पूर्व केन्द्रिय मन्त्री बीरेन सिंह इंग्तीको 90 वर्षको उमेरमा निधन
पूर्व केन्द्रिय मन्त्री बीरेन सिंह इंग्तीको 90 वर्षको उमेरमा निधन


गुवाहाटी, 10 मार्च (हि.स.)। असमका वरिष्ठ नेता, पूर्व सांसद औ पूर्व केन्द्रिय मन्त्री बीरेन सिंह इंग्तीको मंगलवार बिहान 7:45 बजे गुवाहाटीको एक निजी अस्पतालमा 90 वर्षको आयुमा निधन भयो। उनको निधनलाई असमको पहाड़ी जिल्लाका आदिवासी समुदाय अनि राज्यको राजनीतिको लागि ठूलो क्षति मानिँदैछ।

बीरेन सिंह इंग्तीको जन्म 02 मार्च, 1945-मा कार्बी आंगलोंगमा भएको थियो। उनी लामो समयसम्म सक्रिय राजनीतिमा रहे भने लोकसभाामा स्वायत्त जिल्ला (एसटी) निर्वाचन क्षेत्रलाई सात पटकसम्म प्रतिनिधित्व गरे। आफ्नो लामो राजनीतिक जीवन कालमा उनले आदिवासी समुदाय विशेष गरी असमको हिमाली जिल्लाहरूमा बसोबास गर्ने मानिसहरूको सामजिक तथा राजनीतिक विकासको लागि महत्वपूर्ण कार्य गरे।

उनको निधनमा असमका क्याबिनेट मन्त्री डा. रानोज पेगुले शोक व्यक्त गरे। उनले भने, “कार्बी आंगलोंगका अनुभवी राजनीतिक नेता बीरेन सिंह इंग्तीको निधनबाट म अत्यन्त दुःखी भएको छु। पूर्व सांसद औ केन्द्रिय मन्त्रीको रूपमा उनले आफ्नो पूरा जीवन जनसेवा तथा मानिसहरूको कल्याणको लागि समर्पित गरे विशेष असमको पहाड़ी क्षेत्रको विकासको लागि।”

डा. पेगुले इंग्तीका परिवार, समर्थक औ शुभचिन्तकहरूप्रति आफ्नो संवेदना व्यक्त गर्दै ईश्वरसित दिवंगत आत्माको शान्तिको लागि प्रार्थना गरे।

राजनीतिक नेताहरू तथा उनका सहयोगीहरूले पनि इंग्तीको निधनमा शोक व्यक्त गर्दैैै भने, उनको अनुभव, मार्गदर्शन र जनसेवाप्रति समर्पणलाई सदैव स्मरण गरिनेछ। उनको नेतृत्व तथा विचारहरूले आदिवासी समुदायहरूको कल्याणका लागि केही महत्वपूर्ण पहलहरूलाई प्रेरित गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande