असमका 40 लाख ‘ओरुणोदोई’ लाभार्थीहरूले आज पाउनेछन् नौ हजार रुपियाँ : डा. सरमा
असमका 40 लाख ‘ओरुणोदोई’ लाभार्थीहरूले आज पाउनेछन् नौ हजार रुपियाँ : डा. सरमा


गुवाहाटी, 10 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले भनेका छन्, उनको सरकार मानिसहरूसित गरेका वाचाहरूलाई पूरा गर्नको लागि लगातर प्रयासरत छ। उनले घोषणा गरे, ‘अरुणोदय’ योजना अन्तर्गत राज्यका आमा तथा दिदी-बहिनीहरूलाई चार महिनाको सहायता राशि एकसाथ अतिरिक्त अनुदानको साथमा दिइनेछ जसानुरूप लाभार्थीहरूको खातामा 9 हजार रुपियाँ स्थानान्तरण गरिनेछ जसबाट राज्यका 40 लाखभन्दा अधिक महिलाहरू लाभान्वित हुनेछन्।

मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफर्म फेसबुकमा एउटा पोस्ट साझा गर्दै भने, आमा तथा दिदी-बहिनीहरूको सशक्तिकरण, परिवारको सुरक्षा अनि सम्मानलाई बढ़ाउनको लागि असम सरकार सदैव प्रतिबद्ध रहनेछ।

उल्लेखनीय छ, अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मुख्यमन्त्रीले ठूलो घोषणा गरेका थिए। उनले भनेका थिए, असमका लगभग 40 लाख ‘अरुणोदय’ योजनाका महिला लाभार्थीहरूको ब्यांक खातामा 10 मार्चको दिन एकसाथ चार महिनाको अनुदान राशि तथा बोहाग बिहू उत्सवको लागि अतिरिक्त सहायता गरी मोठ 9,000 रुपियाँ ट्रान्सफर गरिनेछ।

सरकार अनुसार यस योजना अन्तर्गत एकै दिनमा लगभग 3,600 कड़ोर रुपियाँ लाभार्थीहरूको खातामा पठाइनेछ जसलाई ब्यांकिंग लेन-देनको हिसाबले एक रेकर्ड ट्रान्जेक्शन मानिनेछ।

मुख्यमन्त्रीले लाभार्थी परिवारहरूसित राज्यभरि नै आयोजना हुने बैठकहरूमा सामेल हुने अपील पनि गर्दै अघि भने, सरकारको शक्ति जनताको समर्थनबाट आउँछ र मानिसहरूको सहयोगले योजनाहरूलाई सफल बनाउन सकिन्छ।

महिलाहरूको सशक्तिकरणमा सरकारको फोकसलाई रेखांकित गर्दै मुख्यमन्त्रीले भने, वित्तीय सुरक्षा, शिक्षा, स्वास्थ्य हेरचाह तथा उद्यमिता जस्ता क्षेत्रहरूमा संचालित विभिन्न पहलहरूबाट महिलाहरूले आत्मविश्वास र स्वतन्त्रता पाउँछन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande