पहिलो असमिया फिल्म ‘जयमती’ रिलीजको वर्षगाँठमा मुख्यमन्त्री सरमाले दिए शुभकामना
पहिलो असमिया फिल्म ‘जयमती’ रिलीजको वर्षगाँठमा मुख्यमन्त्री सरमाले दिए शुभकामना


गुवाहाटी, 10 मार्च (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले पहिलो असमिया फिल्म ‘जयमती’ रिलीज भएको ऐतिहासिक दिनलााई स्मरण गर्दै राज्यको सिनेमा उद्योगसित जोड़िएका सबै मानिसहरूलाई हार्दिक शुभकामना दिएका छन्।

मुख्यमन्त्रीले मंगलवार सोशल मीडियामा एउटा सन्देश साझा गर्दै भने, 10 मार्च, 1935-म कोलकाताको रौनक हलमा फिल्म ‘जयमती’ प्रदर्शन हुनको साथै असमको फिल्म इतिहासमा एक ऐतिहासिक क्षण दर्ता भएको थियो। यस फिल्मले असमिया सिनेमाको यात्रा शुरू गऱ्यो अनि राज्यको सांस्कृतिक पहिचानलाई दिशा दियो।

उनले भने, फिल्म ‘जयमती’-ले अहोम कालको महिमा, त्याग र आत्मसम्मानको भावनालाई बड़ो प्रभावशाली ढंगमा पर्दामा प्रस्तुत गऱ्यो। फिल्मको माध्यमबाट त्यसताकको इतिहास र गौरवलाई जीवन्त रूपमा दर्शकहरू सामु राखियो जसले मानिसहरूको हृदयलाई छोयो।

मुख्यमन्त्रीले भने, त्यस अनुभवको गहिराईको उल्लेख गर्दै प्रख्यात साहित्यकार लक्ष्मीनाथ बेजबरुवाले भनेका थिए, “दुई घण्टासम्म यस्तो लाग्यो मानौं हामी अहोम राज्यमा प्रवेश गरिरहेका छौं।”

मुख्यमन्त्रीले स ऐतिहासिक अवसरमा फिल्मका निर्माता औ असमिया सिनेमाका अग्रदूत रूपकोंवर ज्योतिप्रसाद अग्रवालालाई श्रद्धाञ्जली अर्पण गरे। साथै असमको सिनेमा उद्योगसित जोड़िएका सबै कलाकार, तकनिशियन तथा अन्य मानिसहरूलाई शुभकाना दिँदै उनीहरूको योगदानको सराहना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande