
सिलगढ़ी, 10 मार्च (हि.स.)। पश्चिम बंगालमा द्रूत गतिमा भइरहेको राजनीतिक गतिविधिबीच भारतीय जनता पार्टी (भाजपा)- को परिवर्तन यात्रा मंगलवार सिलगढ़ी आइपुग्यो। शहरका विभिन्न क्षेत्रहरू भएर गुज्रिँदै यात्रा माटीगाड़ा हुँदै नक्सलबाड़ॉीसम्म पुग्यो।
यात्राको शुरुआत सेवक रोडस्थित खाटू श्याम मन्दिरमा पूजा-अर्चनाको साथमा गरियो। त्यसपछि भाजपा नेता तथा कार्यकर्ताहरूको लस्कर शहरभित्र पसेर अगाड़ि बढ़्यो। यस परिवर्तन यात्रामा भाजपाका विधायकहरू शंकर घोष, शिखा च्यटर्जी र दीपक बर्मन सहित पार्टीका केही नेता अनि कार्यकर्ताहरू समेल भए। यात्रा अवधि सिलगढ़ी हाशमी चौकमा एक सभा पनि आयोजना गरियो।
सभालाई सम्बोधन गर्दै भाजपा नेताहरूले राज्यको तृणमूल सरकारमाथि चर्को प्रहार गरे। नेताहरूले राज्यमा कथित भर्ती घोटाला, महिला उत्पीड़न औ कानून-व्यवस्थाको मुद्दालाई उठाउँद सरकार परिवर्तन गर्ने आह्वान गरे। भाजपा नेताहरूले भने, परिवर्तन यात्राको माध्यमबाट राज्यका मानिसहरूसम्म सरकार विरोधी सन्देश पुऱ्याइँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा