
कोलकाता, 10 मार्च (हि.स.)। भारतीय जनता पार्टी (भाजपा) को पश्चिम बंगाल एकाईले मंगलवार मुख्यमन्त्री ममता ब्यानर्जीमाथि चर्को हमला गर्दै आरोप लगायो, उनको राजनीति तुष्टिकरणमाथि आधारित छ जसले राज्यको सामाजिक तता राष्ट्रिय एकतालाई नोक्सान पुऱ्याइरहेको छ।
पार्टीद्वारा जारी एक बयानमा भाजपा नेताहरूले भने, तृणमूल कंग्रेस सरकारले पछिल्लो एक दशकभन्दा अधिक समयमा अल्पसंख्यक समुदायलाई सशक्त बनाउनको सट्टा उनीहरूलाई “भोट ब्यांक”- को राजनीतिको लागि उपयोग गरेको छ। भाजपाको आरोप छ, राज्य सरकारले अल्पसंख्यक समुदायको सामाजिक, आर्थिक तथा शैक्षिक विकासको लागि पर्याप्त कदम उठाएन।
भाजपाका प्रदेश अध्यक्ष समिक भट्टचार्यले भने, तृणमूल कंग्रेसको शासनमा राज्यको समाजिक तथा प्रशासनिक स्थिति प्रभावित भएको भने सरकारका नीतिहरूको कारणले धेरै वटा समस्या उत्पन्न भएको छ।
बयानमा यो पनि आरोप लगाइयो, राज्य सरकारका नीतिहरूको कारणले सीमावर्ती क्षेत्रहरूमा अनुप्रवेशकारी तथा जनसांख्यिकी परिवर्तनलाई लिएर चिन्ता बढ़ेको छ। भाजपाले भन्यो, राज्यमा कानून व्यवस्था तथा सामाजिक सन्तुलनलाई कायम राख्नको लागि ठोस कदम उठाउन आवश्यक छ।
भाजपा नेताहरूले भने, राज्य सरकारले नागरिकता संशोधन कानून औ राष्ट्रिय नागरिक रजिस्टर जस्ता मुद्दाहरूमा केन्द्र सरकारको विरोध गरेर राजनीतिक लाभ लिने चेष्टा गरिरहेको छ। पश्चिम बंगालमा हुन गइरहेको आगामी चुनाउ केवल सत्ता परिवर्तनको होइन जबकि राज्यको भविष्य र विकाससित सम्बन्धित मुद्दा पनि रहेको भाजपाको ठहर छ। भाजपाले राज्यमा “सुरक्षित औ विकसित पश्चिम बंगाल” बनाउनको लागि काम गरिरहेको दाबी समेत गऱ्यो।
तथापि उपरोक्त आरोपहरूलाई लिएर सत्तारूढ़ तृणमूल कंग्रेसको पक्षबाट कुनै प्रतिक्रिया आएको छैन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा