
गुवाहाटी, 10 मार्च (हि.स.)। असम विधानसभा चुनाउको मितिलाई लिएर सोशल मीडियामा शेयर गरिरहेका खबरहरूलाई असम प्रदेश मुख्य चुनाउ आयुक्तले खारिज गरिदिएका छन्। आयोगले सोशल मीडियामा यस सम्बनाधमा एक बयान जारी गरेको छ।
सो बयानमा मुख्य चुनाउ आयुक्तले उल्लेख गरेका छन्, आगामी असम विधनसभा चुनाउ-2026 लाई लिएर सोशल मीडियामा विभिन्न झुटो अफवाह फैलाइरहेको छ। वर्तमानमा भारतको निर्वाचन आयोगले असमको चुनाउ केन्द्रित कुनै पनि तारिक घोषणा गरेको छैन। निर्वाचन आयोगको आधिकारिक घोषणाको माध्यमबाट नै सही जानकारी प्राप्त गर्न सकिन्छ।
आयोगले स्पष्ट पारेको छ, यस्तो कुनै पनि सामाजिक माध्यममा प्रचार गर्नअघि सठीकताले जाँच गरियोस् अनि झुटो खबर फैलाउनदेखि बचौं। आयोगले सम्भावित चुनाउ तिथिको बारेमा कुनै पनि जानकारी दिएको छैन।सोशल मीडियामा केही खबरहरू प्रकाशित भएको छ कि आगामी 15 मार्चको दिन चुनाउ सम्बन्धि असूचना जारी हुनेछ अनि 9 अप्रेलमा मतदान हुनेछ। यस खबरले भ्रम पैदा गरेको छ। आयोगले यस किसिमको खबरहरूमाथि ध्यान नदिने आह्वान गरेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा