गुरूग्रामका केही स्कूलहरूलाई बमले उड़ाउने धम्की, खालिस्तानले लियो जिम्मा
गुरूग्रामका केही स्कूलहरूलाई बमले उड़ाउने धम्की, खालिस्तानले लियो जिम्मा


-धमकीमा भनिएको छ, विधानसभामा खालिस्तान रेफरेण्डमलाई सीएमले समर्थन गरून्

गुरुग्राम, 10 मार्च (हि.स.)। शहरका केही स्कूलहरूलाई मंगलवार फेरि बमले उड़ाउने धम्की दिइएको छ। यसपालि धम्की खालिस्तानले दिएको हो। धम्कीपूर्म ई-मेलमा लेखिएको छ- हरियाणा विधानसभामा सीएम नायब सिंह सैनीले खालिस्तान रेफरेण्डमलाई समर्थन गरुन्, नत्र जीवन समाप्त। यस किसिमको धम्की पाउनसाथ पुलिस र जाँच एजेन्सीहरूले सक्रिय भएर खोजी अभियान संचालन गरे। तर केही पनि भेटिएन।

मंगलवार गुरुग्रामका केही नामी स्कूलहरूलाई बमले उड़ाउने धम्कीपूर्ण ई-मेल प्राप्त भयो। ई-मेलमा स्कूल भवनहरूलाई बमले उड़ाउने कुरा गरिएको छ। खालिस्तान संगठनले लेखेको छ- सीएम सैनी एउटा मौका। हरियाणा असेम्बलीमा खालिस्तान रेफरेण्डमलाई समर्थन गरियोस्, होइन भने जीवन सकियो। यो सूचना पाएर पुलिस सुरक्षा दल अन्य जाँच टीमहरूको साथमा सम्बन्धित स्कूलहरूमा पुग्यो अनि तुरून्तै जाँच शुरू गऱ्यो। यस अवधि स्कूल पक्षबाट नानीहरूलाई घरमा पठाइयो। स्कूलहरूमा पुलिस र बम डिस्पोजल यूनिटसे सर्च अभियान चलायो। पुलिसले डग स्क्वायडको सहयोगले कक्षाहरूमा पनि खानतलासी गऱ्यो। खालिस्तान नेशनल आर्मीले स्कूलहरूलाई बमले उड़ाउने धम्की दिँदै ई-मेलमा यो पनि लेखेको छ, आफ्ना नानीहरूलाई बचाऔं। स्कूलहरूमा 1 बजेर 11 मिनट तथा ट्रेनहरूमा 3 बजेर 11 मिनटमा विस्फोट गरिनेछ।

----

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande