जीएचएडीसी चुनाउपूर्व पश्चिम गारो हिल्समा कर्फ्यू, मोबाइल इन्टरनेट सेवा निलम्बित
जीएचएडीसी चुनाउपूर्व पश्चिम गारो हिल्समा कर्फ्यू, मोबाइल इन्टरनेट सेवा निलम्बित


तुरा (मेघालय), 10 मार्च (हि.स.)। गारो हिल्स अटोनोमस डिस्ट्रिक्ट काउन्सिल (जीएचएडीसी) चुनाउको लागि भइरहेको नामांकन प्रक्रिया अवधि भएको हिंसक घटनापछि मेघालयको पश्चिम गारो हिल्स जिल्लाका केही भागहरूमा कर्फ्यू जारी गरिएको छ। साथै मोबाइल इन्टरनेट सेवालाई अस्थायी रूपमा निलम्बन गरिएको छ।

जिल्ला प्रशासन अनुसार कर्फ्यू 10 मार्चदेखि लागू गरिएको छ जुन 48 घण्टसम्म प्रभावशाली रहनेछ। अफवाहहरूको प्रसारलाई रोक्न तथा कानून व्यवस्थालाई कायम राख्ने उद्देश्यले मोबाइल इन्टरनेट सेवालाई 72 घण्टाको लागि बन्द गरिएको छ।

यो प्रतिबन्ध गए सोमवार साँझ जिल्लाको चिबिनांग क्षेत्रमा जीएचएडीसी नामांकन प्रक्रियालाई लिएर भएको तनाउबीच केही दोकानहरूमा तोड़फोड़को घटनापछि लगाइएको हो। पश्चिम गारो हिल्सका जिल्ला मेजिस्ट्रेट विभोर अग्रवालले बताए, यो निर्णय गुप्त सूचनाहरूको आधारमा लिइएको हो जसमा सार्वजनिक शान्ति तथा सौहार्द खलबलिने तथा ज्यानमालको खतरा हुने आशंका व्यक्त गरिएको थियो।

कर्फ्यू आदेश अन्तर्गत जिल्लाको सीमानाभित्र मानिसहरू घरदेखि बाहिर निक्लिनदेखि रोक लगाइएको छ। प्रशासनको भनाइ छ, वर्तमान कानून-व्यवस्थाको स्थितिलाई मध्यनजर गर्दै हिंसाका घटनाहरूलाई रोक्नको लागि यो कदम आवश्यक थियो।

स्थितिमाथि नजर राख्नको लागि मेजिस्ट्रेटहरू सहित वरिष्ठ प्रशासनिक औ पुलिस अधिकारीहरू प्रभावित क्षेत्रमा उपस्थित छन्। पुलिस र केन्द्रिय रिजर्भ पुलिस बल (सीआरपीएफ)- का जवानहरूलाई ठूलो संख्यामा तैनाथ ग रिएको छ साथै क्षेत्रमा कड़ा निगारनी राखिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande