
कोलकाता, 10 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले कानून मन्त्रालयको दायित्व आफ्नो हातमा लिएकी छन्। राज्यको गृह एवं पार्वतीय कार्य विभागको पक्षबाट गए सोमवार अबेर राती जारी अधिसूचना मार्फत यस आशयको जानकारी गराइएको छ।
अधिसूचना अनुसार, कार्य विभाजनमा संशोधन अन्तर्गत मुख्यमन्त्रीले कानून विभागको प्रभार आफूसित राखेकी छन्। यसपूर्व यो विभाग मन्त्री मलय घटकसित थियो। अब घटकसित श्रम विभागको जिम्मेवारी मात्र रहेको छ।
मलय घटकले अहिलेसम्ममा श्रम तथा कानून दुवै विभागको दायित्व निर्वाह गरिरहेका थिए।
यसबीच तृणमूल कंग्रेसका नेता बाबुल सुप्रियो हालैमा राज्यसभाको लागि निर्वाचित भएपछि उनले राज्य मन्त्रीमण्डलको सदस्यको रूपमा काम गर्न सक्ने छैनन्। उनको पदत्यागपछि सूचना प्रौद्योगिकी, औद्योगिक पुनर्गठन औ लोक उद्यम विभागको पद हाल रिक्त भएको छ।
राज्य सचिवालयका एकजना अधिकारीले बताए, यी विभागहरूको प्रभार अस्थायी रूपमा मुख्यमन्त्रीसित रहनेछ जबसम्म नयाँ आवन्टन हुँदैन।अधिकारी अनुसार यी विभागहरूको पुनर्आवन्टनको सम्बन्धमा राज्य सरकारले चाँड़ै औपचारिक निर्णय लिने घोषणा गर्नसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा