धरनाको पाँचौ दिन ममताले कागजमा लेखिन्- एसआईआर, गायब, प्रतीकात्मक चित्र कोरेर गरिन् विरोध
धरनाको पाँचौ दिन ममताले कागजमा लेखिन्- एसआईआर, गायब, प्रतीकात्मक चित्र कोरेर गरिन् विरोध


कोलकाता, 10 मार्च (हि.स.)। पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले मतदाता सूचीको विशेष गहन पुनरीक्षणको विरोधमा भइरहेको धरनाको पाँचौ दिन मंगलवार एउटा कागजमा ‘एसआईआर’ तथा ‘गायब’ लेखेर तथा चित्र बनाकर प्रतीकात्मक रूपमा आफ्नो विरोध व्यक्त गरिन्,।

मध्य कोलकाताको मेट्रो च्यानलस्थित धरना मञ्चमा ममता ब्यनर्जीलाई एउटा स्ट्याण्डमा राखिएको हरियो रंगको बोर्डमा रंगहरूले चित्र कोर्दै गरेको देखियो। उनले चित्रफलकको माथिल्लो भागमा ‘एसआईआर’ लेखिन् अनि बीचमेा सेतो रंगले ‘गायब’ शब्द अंकित गरिन्। त्यसपछि उनले केही स-सानो अनियमित गोलो घेरा र एउटा ठूलो आकार बनाइन् जुन मानचित्र जस्तै प्रतीत भइरहेको थियो। पछि उनले हरियो रंगको बोर्डका केही भागहरूमा सेतो रंगले भरिदिइन् जसलाई मतदाताहरूको नाम मतदाता सूचीबाट हटाइएको प्रतीकको रूपमाबुझियो।

मुख्यमन्त्रीलाई यो चित्र बनाउनै गर्दा देखियो भने सोही समय मुख्य चुनाउ आयुक्तले सम्वाददाताहरूसित बातचित गरिरहेका थिए।

ममता ब्यनर्जी गत 6 मार्चदेखि धरनामा बसेकी छन्। उनको आरोप छ, चुनाउ आयोगद्वारा गरिएको विशेष गहन पुनरीक्षणको कारणले राज्यमा यस वर्ष 2026-को विधानसभा चुनाउपूर्व ठूलो संख्यामा वास्तविक मतदाताहरूको नाम मतदाता सूचीबाट हटाइँदैछ।

छिल्लो केही दिनभित्रमा तृणमूल कंग्रेस प्रमुखले कैयौं पटक आरोप लगाइसकेकी छन्, चुनाउ आयोगले भारतीय जनता पार्टीको इशारामा काम गरिरहेको छ र पश्चिम बंगालका वैध मतदाताहरूलाई मताधिकारदेखि वञ्चित गर्ने चेष्टा गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande