पश्चिम एशियामा फसेका ओड़ियाहरूको सुरक्षित फिर्तीको लागि सरकारले कदम उठाओस्ः नवीन पटनायक
पश्चिम एशियामा फसेका ओड़ियाहरूको सुरक्षित फिर्तीको लागि सरकारले कदम उठाओस्ः नवीन पटनायक


भुवनेश्वर, 10 मार्च (हि.स.)। ओडिशा विधानसामा विपक्षका नेता औ बीजू जनता दल (बीजद)- का अध्यक्ष नवीन पटनायकले मंगलवार राज्य तथा केन्द्र सरकारसित पश्चिम एशियामा फसेका ओड़िया नागरिकहरूको सुरक्षित स्वदेश फिर्ती सुनिश्चित गर्नका लागि तत्काल कदम उठाउने अपील गरे।

विधानसभा बाहिर मीडियासित बातचित गर्दै पटनायकले भने, उनलाई जानकारी प्राप्त भएको छ कि पश्चिम एशियाका केही मुलुकहरूमा ठूलो संख्यामा ओड़ियावासी त्यहाँको वर्तमान परिस्थितिको कारणले फसेका छन्। भारत अनि ओडिशा सरकारसित अनुरोध कि उनीहरूलाई सुरक्षित रूपमा आफ्नो घर पर्काउनका लागि तुरून्त कदम उठाइयोस्। पटनायकले दुवै सरकारसित आपसी समन्वय राखेर तत्काल कारबाही गर्ने अनि द्वन्द्व प्रभावित क्षेत्रहरूबाट ओड़ियाहरूको सुरक्षित निकासी सुनिश्चित गर्ने माग गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande