राजौरीमा बेपत्ता सिपाहीको शव नदीमा भेटियो
राजौरीमा बेपत्ता सिपाहीको शव नदीमा भेटियो


राजौरी, 10 मार्च (हि.स.)। जम्मू-कश्मीरको राजौरी जिल्लामा गए सोमवार नदी तर्ने अभ्यास गर्दै गर्दा एकजना सिपाही बेपत्ता भएका थिए जसको शव मंगलवार भेटियो।

अधिकारीहरूले बताए, सिपाही अक्षत शर्माको शव आज बिहान खुर क्षेत्रस्थित मनवार नदीबाट सेना, राष्ट्रिय आपदा प्रतिक्रिया बल (एनडीआरएफ) औ स्थानीय बचाउ दलको संयुक्त खोजी दलले उद्धार गऱ्यो। सेना अनुसार सिपाही गए सोमपार अपरान्ह 12 बजे सुन्दरबनी क्षेत्रमा नदी तर्ने प्रशिक्षण अभ्यास अवधि बेपत्ता भएका थिए जसपश्चात सेना र नागरिक एजेन्सीका सबै उपलब्ध संसाधनहरूको साथमा व्यापक खोजी अभियान संचालन गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande