
आसनसोल, 10 मार्च (हि.स.)। मंगलवार सेल आइएसपी बर्नपुरमा एकजना ठेका मजदुरको मृत्यु भएको छ। मृत श्रमिकको पहिचान राजेन्द्र साव ( 42)- को रूपमा भएको छ। उसलाई प्लान्टभित्र अचेतअवस्थामालड़िरहेको भेटियो। अन्य श्रमिकहरूले उसलाई उपचारको निम्ति तत्कालै ओएचएसमा पुऱ्याए, तर त्यहाँका चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए।
श्रमिक यूनियनले मृतकको परिवारलाई क्षतिपूर्ति दिने माग गरेको छ। मृत ठेका श्रमिक मुखर्जी कन्स्ट्रक्शनको कर्मचारी रहेको बताइएको छ। यूनियनले माग गरेको छ, मृत श्रमिक परिवारका एकजना सतस्यलाई कन्ट्रेक्चुअल नोकरीको अफर लेटर दिइयोस्। यसको साथै बर्नपुर कन्स्ट्रक्शन एसोसिएशनको पक्षबाट अन्तिम संस्कारको लागि 37 हजार रुपियाँ परिवारलाई प्रदान गरियो।
शवलाई पोस्टमर्टम गर्नको लागि आसनसोल जिल्ला अस्पतालमा पठाइएको छ। मृत श्रमिकले आफूपछि पत्नी र दुई सन्तानलाई छोड़ेर गएको छ।बर्नपुर इस्पात कर्मचारी संघ (बीएमएस) का नेता श्रीकान्त शाहले बताए, सीतारामपुर निवासी ठेका कर्मी राजेन्द्र साव मंगलवार बिहान प्लान्टभित्र अचेत अवस्थामा लड़िरहेको थियो। उनको नाक र मुखबाट रगत बगिरहेको थियो। अस्पतालमा चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। प्रबन्धनको पक्षबाट परिवारलाई कन्ट्रेक्चुअल वर्कर्सको रूपमा अफर लेटर दिसकिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा