जम्मू-कश्मीरको साम्बामा संदिग्ध पाकिस्तानी ड्रोन गतिविधि देखिएपछि खोजी अभियान शुरू
जम्मू-कश्मीरको साम्बामा संदिग्ध पाकिस्तानी ड्रोन गतिविधि देखिएपछि खोजी अभियान शुरू


जम्मू, 10 मार्च (हि.स.)। जम्मू-कश्मीरको साम्बा जिल्लाको अन्तर्राष्ट्रिय सीमामा संदिग्ध पाकिस्तानी ड्रोनको गतिविधि भइरहेको सूचना पाएपछि सुरक्षा बलहरूले मंगलवार खोजी अभियान शुरू गरे। उनीहरूले भने, गए सोमवार अबेर राती दबोहको सामान्य क्षेत्रमा एउटा संदिग्ध शत्रु ड्रोनको गतिविधि भएको थाहा लाग्यो जसले गर्दा सुरक्षा बलहरूलाई जवाफी करबाही शुरू गर्नु पऱ्यो जसमा अधिक बलहरूको तैनाथी तथा क्षेत्रको गहन खोजी सामेल छ ताकि यो सुनिश्चित गर्न सकियोस् कि कुनै हतियार वा नशालु पदार्थ हावाबाट नझारोस्।

अधिकारीहरूले बताए, ड्रोन देखिएको क्षेत्रमा सेना, पुलिस र सीमा सुरक्षा बल (बीएसएफ)- को संयुक्त खोजी अभियान चलिरहेको छ। अधिकारीहरूले बताए, दिनको शुरूआती घण्टामा संदिग्ध गतिविधिहरूको सूचना पाएपछि पुलिस र बीएसएफले जिल्लाको राजपुरा क्षेत्रमा भाई नाला, लाला चक र मालानीमा खोजी अभियान संचालन गरियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande