
सिलगढ़ी, 10 मार्च (हि.स.)। भाजपाको परिवर्तन यात्रा शुरू हुन केही घण्टाअघि गए सोमवार राती सिलगढ़ीमा तृृणमूल कंग्रेस (टीएमसी) र भारतीय जनता पार्टी (भाजपा) का नेताहरूबीच चर्काचर्की भयो। यो विवाद सिलगढ़ी सब-डिभीजनल काउन्सिलका अध्यक्ष एवं तृणमूल नेता अरुण घोष तथा माटीगाड़ा-नक्सलबाड़ी विधानसभा क्षेत्रबाटट भाजपा विधायक आनन्दमय बर्मनबीच कार्यक्रम स्थल निकट तयारीहरूलाई लिएर भएको हो।
सूत्र अनुसार शुरुमा पार्टीको झण्डा लगाउने र कार्यक्रमको तयारीलाई लिएर विवाद भएको थियो, तर पछि यो बढ़्दै गएर चुनावी मतदाता सूचीको स्पेशल इन्टेन्सिभ रिभिजन तथा क्षेत्रमा विकास कार्यहरूको मुद्दासम्म पुग्यो। सूचना पाएर नक्सलबाड़ी थानाको पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गऱ्यो। कुनै पनि अप्रिय घटनालाई रोक्नको लागि पुलिस बललाई पनि तैनाथ गरिएको छ।
भाजपाको परिवर्तन यात्रालाई मध्यनजर गर्दै मंगलवार नक्सलबाड़ी बस स्ट्याण्डमा एक सभा आयोजना गरियो। सभाको तयारी अन्तर्गत गए सोमवार राती भाजपा कार्यकर्ताहरूले बस स्ट्याण्ड क्षेत्रमा पार्टीको झण्डा लगाइरहेका थिए। यसै अवधि स्थानीय भाजपा विधायक आनन्दमय बर्मन त्यहाँ तयारीको जायजा लिन पुगे। सोही क्षेत्रमा तृणमूल नेता औ सिलगढ़ी सब-डिस्ट्रिक्ट काउन्सिलका अध्यक्ष अरुण घोषको घर पनि छ। दुई दिनपछि सोही स्थानमा तृणमूल कंग्रेसको पनि बैठक प्रस्तावित छ। त्यसैले तृणमूल कंग्रेसका कार्यकर्ताहरूले पनि आफ्नो झण्डा लगाउन शुरू गरे जसबाट दुवै पक्षबीच विवाद शुरू भयो।
मंगलवार बिहान भाजपा विधायक आनन्दमय बर्मनले भने, तृणमूल कंग्रेसले हाम्रो सभालाई विफल बनाउने योजना बनाइरहेको थियो। परिवर्तन यात्रा तथा सभलाई लिएर जनताको प्रतिक्रियादेखि डराएको, त्यसैले समस्या उत्पन्न गरिरहेको छ। भाजपा विधायकले आरोप लगाए, तृणमूल कंग्रेसका कार्यकर्ताहरूले भाजपाको झण्डालई हटाएर सत्तासिन दलको झण्डा लगाउने प्रयास गरिरहेका थिए।
तथापि तृणमूल नेता अरुण घोषले उपरोक्त आरोपलाई खारेज गर्दै भने, भाजपाले यस क्षेत्रमा कुनै विकास कार्य गरेको छैन। सारा विकास ममता ब्यनर्जीले गरेकी हुन्। यहाँका मानिसहरूसित सोध्नुहोस्, सबैले यही भन्नेछन्। एसआईआरपछि मतदाता सूचीबाट धेरैजना मानिसहरूको नाम हटाइदिएको छ। यसपालि यहाँका मानिसहरूले भाजपालाई भोट दिनेछैनन्।
यसमाथि प्रतिक्रिया व्यक्त गर्दै आनन्दमय बर्मनले भने, वास्तविक जवाफ त्यसबेला पाउनेछ जतिबेला विधानसभा चुनाउपछि हिन्दू भोटहरूको गन्ती हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा