उच्च माध्यमिकको कपी जाँचमा सबै शिक्षकहरूलाई खटाइनेछ: परिषद
उच्च माध्यमिकको कपी जाँचमा सबै शिक्षकहरूलाई खटाइनेछ: परिषद


कोलकाता, 10 मार्च (हि.स.)।पश्चिम बंगाल उच्च माध्यमिक शिक्षा परिषदले राज्यका सरकारी औ सहायता प्राप्त स्कूलहरूका प्रधानाध्यापकहरूलाई सूचित गरेको छ, यस वर्ष उच्च माध्यमिक परीक्षाको उत्तरपुस्तिकाको मूल्यांकन कार्यदेखि शिक्षकहरूलाई छुट दिइनेछैन। परिषदले माध्यमिक र उच्च माध्यमिक स्तरमा शिक्षकहरूको ठूलो अभाव नै यस पछाड़िको कारण रहेको बताएको छ।

संस्थानहरूलाई पठाइएको पत्रमा परिषदले भन्यो, राज्यमा परीक्षा दिने विद्यार्थीहरूको संख्याको तुलनामा शिक्षकहरूको संख्या धेरै कम छ, त्यसैले मूल्यांकन प्रक्रियामा सबै उपलब्ध शिक्षकहरूलाई खटाउन आवश्यक भएको छ।

परिषदले गए सोमवार प्रधानाध्यापकहरूलाई पठाएको पत्रमा भन्यो, “तपाईहरू यस तथ्यसित अवगत हुनुहुन्छ कि हाम्रो राज्यमा माध्यमिक र उच्च माध्यमिक स्तरका विद्यार्थीहरूको संख्याको तुलनामा शिक्षकहरूको संख्या एकदमै कम छ। त्यसैले परिषदले कुनै पनि शिक्षकलाई उत्तरपुस्तिका मूल्यांकनको ड्यूटीदेखि छुट दिन सक्दैन।”

परिषदका एकजना अधिकारीले मंगलवार बताए, मूल्यांकन कार्यदेखि कुनै पनि शिक्षकलाई मुक्त गर्ने अनुरोधलाई सामान्यतः स्वीकार गरिनेछैन।

सेमेस्टर आधारित उच्च माध्यमिक परीक्षा गत 27 फरवरीमा समाप्त भएको थियो। पछिल्लो सेप्टेम्बर महिनामा आयोजित तेस्रो सेमेस्टरको परीक्षामा असफल रहेका विद्यार्थीहरूले 12 फरवरीदेखि 27 फरवरीबीच चौथो सेमेस्टरको परीक्षासितै पूरक परीक्षा दिए।

यस अतिरिक्त पछिल्लो वर्ष पुरानो वार्षिक प्रणाली अन्तर्गत उच्च माध्यमिक परीक्षामा असफल रहेको अन्तिम ब्याचका उम्मेद्वारहरूले पनि फरवरीमा आयोजित परीक्षामा भाग लिए।

परिषदका एकजना अधिकारी अनुसार यस वर्ष लगभग 7.5 लाख विद्यार्थीहरूले परीक्षा दिएका कारणले मूल्यांकनकोकक लागि उत्तरपुस्तिकाहरूको संख्या धेरै छ। यसअघि पनि शिक्षकहरूको अभावलाई केन्द्र गर्दै परिषदले बाह्रौं कक्षाको बोर्ड परीक्षा अवधि प्राथमिक स्कूलहरू शिक्षकहरूलाई पनि निरीक्षक (इनभिजिलेटर)- को रूपमा नियुक्त गरेको थियो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande