
कोलकाता, 10 मार्च (हि.स.)। उत्तर 24 परगना जिल्लाको गोबरडांगा रेलवे स्टेशन नजिकै अवस्थित बजारमा मंगलवार बिहान भीषण आगलागी भयो। घटनाको कारणले क्षेत्रमा कोकोहोलो मचियो।
प्रारम्भिक जानकारी अनुसार, स्टेशनको प्लेटफर्म संख्या-1 निकट अवस्थित एक होटलमा आगो लागेपछि यसले द्रूत गतिमा वरपरका दोकानहरूलाई पनि आफ्नो चपेटमा लियो। बताइन्छ, होटलमा राखिएको ग्यासको सिलेण्डर पड़्केर आगो लागेको थियो जसले क्षणभरमै विकराल रूप धारम गऱ्यो। बजारको क्षेत्र जनघनत्व बाक्लो भएको कारणले आगो फैलिनसाथ वरपरका व्यापारीहरू तथा स्थानीय मानिसहरूमा भय फैलियो।
घटनाको सूचना पाउनसाथ दमकल विभागका दुई वटा वाहन घटनास्थलमा पुगेर आगो निभाउने कार्यमा जुटे। दमकलसितै स्थानीय मानिसहरू पनि आगो निभाउने कार्यमा जुटे। आगो लागेको खबर फैलिनसाथ छेउछावका व्यापारीहरू आफ्नो दोकानलाई बचाउनका लागि भाग-दौड़ गर्न थाले। कतिपयले तत्कालै आफ्नो दोकान बन्द गरेर सुरक्षित स्थान तर्फ जान थाले। स्टेशन नजिकै घटना घटेको कारणले प्लेटफर्मा उपस्थित यात्रीहरूमा पनि डर फैलियो। कालो धुँवाले सम्पूर्ण प्लेटफर्मलाई ढाक्यो।
दमकल विभागको सूत्र अनुसार आगलागीको सही कारण तथा नोक्सानको मात्राको मूल्यांकन आगो पूर्ण रूपले नियन्त्रित भएपछि गरिनेछ।
रेलवे सूत्रले बतायो, धुँवाले गर्दा प्लेटफर्ममा केही समयसम्म असुविधा भए पनि रेल यातायात प्रभावित भएन।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा