
मेदिनीपुर, 10 मार्च (हि.स.)। पूर्व-मेदिनीपुर जिल्लाको समुद्री तट दिघा र मन्दारमणिमा पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्नको लागि एडभेन्चर स्पोर्ट्स संचालनमा कड़ा नियम लागू गर्ने निर्णय जिल्ला प्रशासनले लिएको छ। नयाँ नियम अनुरूप अब प्याराग्लाइडिंग, स्पीडबोट औ बीच बाइक जस्ता राइड्स केही निर्धारित स्थानोहरूमा मात्र संचालन गर्न सकिन्छ।
जिल्ला प्रशासनले केही दिनअघि एडभेन्चर स्पोर्ट्स संचालन गर्ने विभिन्न संस्थाका प्रतिनिधिहरूसित बैठक गरी सबैलाई सरकारी नियमहरू कड़ाई पूर्वक पालन गर्ने तथा पर्यटकहरूको सुरक्षालाई सर्वोच्च प्राथमिकता दिने निर्देश दियो। अधिकारीले बताए, यस पहलको उद्देश्य समुद्र तटमा पर्यटकहरूक सुरक्षा सुनिश्चित गर्नु अनि राइड संचालनमा अनुशासन स्थापना गर्नु हो।
छुट्टीको मौसम वा सप्ताहान्तमा राज्यका विभिन्न भागहरूबाट हजारौं पर्यटकहरू दिघा र मन्दरमणी आउने गर्दछन्। प्याराग्लाइडिंग, स्पीडबोट तथा बीच बाइक राइड्सले यी पर्यन स्थलहरूको आकर्षण बढ़ाइरहेको छ। तथापि केही घटनाहरूलाई ध्यानमा राखेर यी गतिविधिहरूको सुरक्षामाथि प्रश्न उठ्दै आइरहेको छ। मंगलवार बिहान प्रशासनले बतायो, केही वर्षपूर्व मन्दरमणिमा प्याराग्लाइडिंग गर्दागर्दै एकजना पर्टयनको मृत्यु भएको थियो भने अन्य मानिलाहरूमा स्पीडबोट र मोटरयुक्त रबर बोटले पर्यटक घाइते भएको थियो।
जिल्ला प्रशासनले निर्णय लिएको छ, अबदेखि दिघामा तीन र मन्दारमणिमा दुई गरी पाँच वटा विशेष स्थानहरूबाट मात्र एडभेन्चर राइड्स संचालन गरिनेछ। सबै संस्थाहरूले क्रमगत रूपमा संचालन गर्नुपर्छ ताकि सबलाई समान अवसर प्राप्त होस् अनि पर्यटकहरूले सुरक्षित सेवाको लाभ उठाउन सकुन्।
साथै प्रशासनले सुरक्षा उपकरणहरूको उपयोग, पर्यटकहरूलाई लाइफ ज्याकेट प्रदान गर्नु, निर्धारित दूरत्व कायम राख्नु तथा सुरक्षासित जोड़िएका सबै नियमहरूको कड़ाई पूर्वक पालन सुनिश्चित गर्ने निर्देश दिएको छ।
अतिरिक्त जिल्लाधिकारी (जिल्ला परिषद) मानस मण्डलले भने, “पर्यटकहरूको सुरक्षा सुनिश्चित गर्न र उनीहरूलाई सुरक्षित रूपमा समुद्रको आनन्द दिलाउनको लागि यो कदम उठाइएको हो। सबै राइड संचालकहरूले सरकारी नियमलाई पालन गर्दै यी सबै सेवाहरू संचालन गर्नुपर्छ।”
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा