
कोलकाता, 10 मार्च (हि.स.)। कोलकाताको दक्षिणी भाग आनन्दपुरमा मंगलवार एक प्रसिद्ध केक निर्माण कम्पनीको बेकरीमा आगो लाग्यो। तथापि यस घटनामा कुनै पनि प्रकारको जनहानि भएको खबर प्राप्त भएको छैन। घटनाको जाँच शुरू गरिएको छ।
पुलिस अनुसार केक निर्माण कम्पनीको फ्याक्ट्री ईएम बाईपासमा अवस्थित छ। यो घटना गए सोमवार राती फ्याक्ट्रीमा काम भइरहेको बेला भएको हो। आगो लाग्नसाथ कर्मचारीहरू डरले तुरून्तै फ्याक्ट्रीदेखि बाहिरिए। आनन्दपुर थाना अन्तर्गत रहेको यस क्षेत्रको पुलिस र फायर ब्रिगेडलाई तत्कालै सूचना दिइयो। फ्याक्ट्रीमा आगो द्रूत गतिमा फैलियो।
पुलिस र फायर ब्रिगेडले घटनास्थलमा पुगेर क्षेत्रलाई सील गऱ्यो। दमकलकर्मीहरू आगो निभाउनमा जुटे। आगो निभाउनको लागि तीन वटा इञ्जिनलाई घटनास्थलमा पठाइयो। केही समयपछि आगोलाई नियन्त्रण गरियो। प्रारम्भिक आशंकामा आगो शर्ट सर्किटको कारणले लागेको हुनसक्छ।
पुलिस र फायर ब्रिगेडका अधिकारीहरूले अब यस घटनाको जाँच गरिरहेका छन् साथै फ्याक्ट्रीका सबै दस्तावेजहरू सही छ कि छैन त्यसको पनि जाँच गरिरहेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा