
बजाली (असम), 11 मार्च (हि.स.)। असमको बजाली जिल्लामा एउटा आश्चर्यको घटना घटेको प्रकाशमा आएको छ। यहाँ एक जना महिलालाई ओछ्यानमै मृत भेटियो। मृतकको पहिचान कालीघाट निवासी दीपाली दास (52)-को रूपमा भएको छ।
शुरुआती जानकारी मुताविक यो घटना बुधवार बिहान त्यस बेला प्रकाशमा आयो जतिबेला परिवारका सदस्यहरूले उसलाई घरभित्र ओछ्यानमै मरणासन्न अवस्थामा भेटे। घटनाबारे जानकारी पाउनसाथ पाठशाला पुलिस स्टेशनको पुलिस टीमले घटनास्थलमा पुगेर जाँच कार्य शुरू गऱ्यो।
हाल शंकाको काँटा मृतकको पति गोपाल दासमाथि अड़्किएको छ जसमाथि आरोप लगाइएको छ, उसले राति नै आफ्नी पत्नीको सुतेको अवस्थामा हत्या गरिदियो। तथापि घटनाको सही जानकारी अहिलेसम्म प्राप्त भएको छैन। तर स्थानीय सूत्रले दाबी गरेको छ, नशाको लतमा डुबेको आरोपीले प्रायजसो नै आफ्नी पत्नीलाई शारीरिक तथा मानसिक दुवै प्रकारले सताउने गर्थ्यो।
पुलिस अधिकारीहरूले बताए, शवलाई कब्जामा लिई पोस्टमर्टम गर्न पठाउनको लागि आवश्यक औपचारिकता शुरू गरिएको छ जसबाट मृत्युको सही कारण पत्तो लाग्ने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा