
बरपेटा (असम), 11 मार्च (हि.स.)। बरपेटा जिल्लामा कट्टरपन्थी गुटसित कथित सम्बन्ध रहेको आरोपमा पुलिसले बुधवार दुई जना मानिसहरूलाई पक्राउ गरेको छ। गए राति असम पुलिसको स्पेशल टास्क फोर्स (एसटीएफ)-ले सरभोग पुलिस थाना क्षेत्रमा कट्टरपन्थीहरू विरूद्धअभियान संचालन गरेको थियो।
असम पुलिस मुख्यालयका अधिकारीहरूले बुधवार बताए, पुलिस टीमले बितेको राति बरपेटाबाट दुई जना कट्टरपन्थीहरूलाई समातेको छ। आरोपीहरूसित जाँचबुझ भइरहेको छ। यस सम्बन्धमा अन्य जानकारी चाँड़ै सार्वजनिक गरिनेछ।
बरपेटा जिल्ला पुलिसको सूत्रले बतायो, यो अभियान स्थानीय पुलिसको सहयोगमा संचालन गरिएको थियो।
ज्ञात रहोस्, पछिल्लो वर्षको दिसम्बर महिनामा सुरक्षा एजेन्सीहरूले असम र त्रिपुराबाट एघार जना मानिसहरूलाई पक्राउ गरेको थियो जसमाथि बंगलादेशस्थित कट्टरपन्थी गुटसित कथित सम्बन्ध रहेको आरोप थियो जसले कथित रूपमा पूर्वोत्तर क्षेत्रमा अस्थिरता फैलाउने चेष्टा गरिरहेको थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा