गौरव गोगोई जोरहाटबाट नराम्ररी हार्नेछन्ः डा. नुमन मोमिन
गौरव गोगोई जोरहाटबाट नराम्ररी हार्नेछन्ः डा. नुमन मोमिन


गुवाहाटी, 11 मार्च (हि.स.)। असम विधानसभाका उपाध्यक्ष डा. नुमल मोमिनले भने, गौरव गोगोई नेतृत्वाधिन विपक्षलाई असममा हुन लागेको 2026को विधानसभा चुनाउमा ठूलो हारको सामना गर्नुपर्नेछ।

विधानसभाका उपाध्यक्ष डा. नुमल मोमिनले आज यहाँ मीडियासित बातचित गरिरहेका थिए। गोगोई र उनको टीमलाई आफ्नो शुभेच्छा दिँंदै डा. मोमिनले भने, विपक्षी उम्मेद्वारले जुन कुनै सीटबाट चुनाउ लड़े पनि उनीहरूलाई हारको सामना गर्नु पर्नेछ। उनले विशेष रूपमा दाबी गरे, यदि गोगोईले जोरहाटबाट चुनाउ लड़े उनलाई ठूलो हारको समना गर्नुपर्नेछ।

भारतीय जनता पार्टी (भाजपा) नेता मोमिनले बल दिँदै भने, यस वर्ष 2026-को विधानसभा चुनाउको परिणाम ऐतिहासिक हुनेछ। उनले भविष्यवाणी गरे, सत्ताधारी भाजपाले राज्यमा रेकर्ड तोड़ जीत हासिल गर्नेछ। डा. मोमिनले भने, चुनाउ परिणामले असममा सत्ताधारी गठबन्धन र उसको शासनलाई प्राप्त भइरहेको जनसमर्थनलाई साबित गर्नेछ। आशा छ, 2026-को विधानसभा चुनाउमा भाजपा नेतृत्वाधिन गठबन्धन र कंग्रेस नेतृत्वादिन विपक्षी दलबीच कड़ा प्रतिस्पर्धा देख्न पाइनेछ।

उल्लेखनीय छ, गौरव गोगोई जोरहाट लोकसभा सीटबाट वर्तमान सांसद हुन् भने लोकसभामा सदनका उपनेता प्रतिपक्ष हुन्। कंग्रेस पार्टीले असम विधानसभा चुनाउ- 2026 गौरव गोगोईको नेतृत्वमा लड़िरहेको छ। गौरवले आफ्नो रणनीतिबाट सत्तादारी दललाई कस्तो चुनौती दिने हुन्, आगामी दिनमा थाहा पाइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande