एलपीजी संकटको प्रभाव अब सार्वजनिक परिवाहनमाथि, अटो भाड़ा बढ़्नाले यात्रीहरू हैरान
gas


कोलकाता, 11 मार्च (हि.स.)। भान्सा ग्यास (एलपीजी)-को अभावको प्रभाव अब घरहरूसम्म मात्र सीमित नरहेर सार्वजनिक परिवहन व्यवस्थामाथि पनि पर्न थालेको छ। राज्यका कतिपय क्षेत्रहरूमा अटो रिक्शाको भाड़ा बढ़ेको समाचार प्रकाशमा आइरहेको छ। आरोप छ, सरकारी अनुमति बिनै कतिपय रूटहरूमा मनमानी ढंगमा भाड़ा बढ़ाइएको छ।

यात्रीहरू अनुसार गड़िया-बारुईपुर, सोनारपुर-गड़िया, बारुईपुर-जुलपिया र बारुईपुर-दक्षिण बरासात सहित केही रूटहरूमा भाड़ा 5-10 रुपियाँ वा योभन्दा अधिकसम्म बढ़ेको छ। अचानक भाड़ा बढ़्नाले दैनिक यात्रीहरूमाथि अतिरिक्त आर्थिक बोझ थपिएको छ।

यात्रीहरूको भनाइ छ, पहिला 15-17 रुपियाँ भाड़ा दिने ठाउँमा अहिले 25 रुपियाँ असुलिरहेको छ। विरोध गर्दा चालकहरू भन्छन्, इन्धनको मूल्य बढ़ेको कारणले उनीहरू भाड़ा बढ़ाउनु बाध्य छन्।

अर्कोतिर अटो चालकहरूले पनि आफूहरूले अतिरिक्त भाड़ा लिरहेको कुरालाई स्वीकार गरिरहेका छ्न्। उनीहरूको भनाइ छ, हालैमा ग्यासको मूल्य वृद्धि तथा पेट्रोल पम्पहरूमा पनि पर्याप्त मात्रामा ग्यास उपलब्ध छैन। यस स्थितिमा उनीहरूलाई पनि अधिक मूल्यमा इन्धन किन्नुपर्छ जसलाई पूर्ताल गर्नको लागि भाड़ा बढ़ाउनु परिरहेको छ।

अटो चालकहरूको दाबी छ, पहिला ग्यास 70-75 रुपियाँ प्रतिलीटर पाइन्थ्यो भने अहिले 120-150 रुपियाँ प्रतिलीटरसम्म पुगेको छ। त्यसैले कतिपय रूटहरूमा अटोहरूको संख्या पनि घटेको छ।

अटो यूनियनका नेताहरूको भनाइ छ, मनमानी ढंगमा बाड़ा बढ़ाउनुलाई उनीहरूले समर्थन गर्दैनन्, तर बढ़्दो लागतले गर्दा स्थिति जटिल भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande