दक्षिण 24 परगनामा भाजपा नेतामाथि फायरिंग, गम्भीर रूपमा घाइते
दक्षिण 24 परगनामा भाजपा नेतामाथि फायरिंग, गम्भीर रूपमा घाइते


कोलकाता, 11 मार्च (हि.स.)। दक्षिण 24 परगना जिल्लामा भाजपाका एकजना स्थानीय नेतामाथि गोली चलाइएको घटनाले क्षेत्रमा सन्त्राष फैलिएको छ। यो घटना बुधवार बिहान गंगासागर तटीय थाना क्षेत्रमा भएको हो। यस घटनामा गोली लागेर भाजपा नेता गम्भीर रूपमा घाइते भए।

पुलिस अनुसार घाइते नेताको पहिचान त्रिलोकेश ढालीको रूपमा भएको छ। आरोप छ, बुधवार बिहान मोटरसाइकल सवार दुईजना उपद्रवीहरूले अचानक उनलाई लक्षित गरेर गोली चलाए। त्यसपछि उपद्रवीहरू घटनास्थलबाट भागे।

गोली लागेपछि त्रिलोकेश ढाली घटनास्थलमै रगताम्मे भएर मुर्छित परे। गोली चलेको आवाज सुनेर वरपरका मानिसहरू घटनास्थलमा पुगे अनि पुलिसलाई सूचित गरे। पुलिसले घाइते नेतालाई तुरून्तै सागर ग्रामीण अस्पतालमा पुऱ्यायो जहाँ उनको उपचार भइरहेको छ। अस्पताल सूत्रानुसार उनको अवस्ता हाल स्थिर भए पनि चिकित्सकहरूको निगरानीमा राखिएको छ।

पुलिसले मामिलाको जाँच शुरू गर्दै आरोपीहरूलाई समात्न छापामारी गरिरहेको छ। अहिलेसम्म पनि घटना पछाड़िको कारण पत्तो लाग्न सकेको छैन। यसबीच घाइते नेताको परिवारले हमलाको पछाड़ि राजनीतिक षड़यन्त्र रहेको आरोप लगाएको छ। उनका छोरा त्रिदीप ढालीले दाबी गरे, आगामी चुनाउमा उनको पिताले भाजपाबाट टिकट पाउने सम्भावना थियो, त्यसैले यस्तो हमला गराइयो।

अर्कोतिर बापी हलदरले उपरोक्त आरोपलाई खारेज गर्दै भने, हरेक घटनाको लागि तृणमूल कंग्रेसलाई जिम्मेवार ठहराउने भाजपको आदतै भइसकेको छ। यो भाजपाको आन्तरिक गुटीय विवादको परिणाम हुनसक्ने आशंका पनि उनले व्यक्त गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande