
रायपुर, 11 मार्च (हि.स.)। छत्तिसगढ़को राजधानी रायपुरस्थित तेलीबांधामा एयरफोर्स विङ कमांडर विपुल यादवले आफ्नो अस्थायी आवासमा फाँसी लगाएर आत्महत्या गरेका छन्। यहाँ उनी सपरिवार बस्दै आएका थिए। घटनाको सूचमा पाएपछि बुधवार बिहान घटनास्थलमा पुगेको पुलिसले शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि अस्पतालमा पठाइदिएको छ।
पुलिसले जानकारी गराए अनुसार विपुल यादव तेलीबांधा थाना क्षेत्रको विधायक विश्राम गृहको बंगला नम्बर-79 मा परिवारसित बस्दै आएका थिए। उनी मूलतः हरियाणाका थिए भने उनको उमेर 39 वर्ष पुगेको थियो।
पुलिसले मामिलाको जाँच गरिरहेको छ साथै परिवारका सदस्यहरूसित पनि जाँचबुझ गरिरहेको छ। पुलिस अधिकारीहरूको भनाइ छ, जाँचपछि नै आत्महत्याको कारण पत्तो लाग्नसक्नेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा