
नयाँ दिल्ली, 11 मार्च (हि.स.)। दिल्लीको चिराग दिल्ली क्षेत्र स्थित एउटा घरमा बुधवार बिहान आगो लाग्यो। घटनापछि क्षेत्रमा कोकोहोलो मचियो। यस दुर्घटनामा घर मालिक र एक जना अबोध बालक जलेर घाइते भए। सूचना पाउनसाथ पुलिस, दमकलको टीम तथा एम्बुलेन्स घटनास्थलमा पुग्यो। दमकल कर्मीहरूले समयमै आगोलाई नियन्त्रण गरेका कारण ठूलो दुर्घटना हुनदेखि बच्यो।
स्थानीय पुलिस अनुसार बुधवार बिहान लगभग 5:44 बजी चिराग दिल्ली स्थित हनुमान रोडमा घर नम्बर- 582 मा आगो लागेको सूचना प्राप्त भयो। दमकल विभागका तीन वटा वाहन घटनास्थलमा पुगेर राहत अनि बचाउ कार्यमा जुटे। आगो घरको माथिल्लो तलामा घरेलु सामानमा लागेको थियो। भवन बेसमेन्ट सहित चार तले छ भने पाँचौ तला आंशिक रूपमा निर्माणाधिन छ। आगो द्रूत गतिमा फैलिएको कारण सम्पूर्ण फ्लोरलाई आफ्नो चपेटमा लियो।
यस अवधि घर मालिक भाजपाका नेता एवं पूर्व पार्षद राकेश गुलिया (55) जलेर घाइते भए भने घरमा उपस्थित तीन वर्षीय बालक क्यवांश पनि आगोको चपेटमा पऱेर घाइते भयो। दुवैलाई तुरून्त एम्स ट्रमामा पठाइयो जहाँ डाक्टरहरूले राकेश गुलियाको अवस्था खतरादेखि बाहिर रहेको बताएका छन्।
दमकल अधिकारीहरू अनुसार दुई घण्टासम्म कड़ा परिश्रम गरेपछि आगोलाई नियन्त्रण गरियो। घटनास्थलमा तैनाथ पुलिसकर्मीहरूले पनि मानिसहरूलाई सुरक्षित बाहिर निकाल्नमा सहयोग गरे। प्रारम्भिक जाँचमा आगो शर्ट सर्किटको कारण लागेको बताइएको छ। पुलिस र दमकल विभागले मामिलाको विस्तृत जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा