
नयाँ दिल्ली, 11 मार्च (हि.स.)। दिल्लीकी मुख्यमन्त्री रेखा गुप्ताले बुधवार मुख्यमन्त्री जनसेवा सदनमा आयोजित जनसुनवाईमा दिल्लीकेा मानिसहरूसित प्रत्यक्ष बातचित गर्दै उनीहरूको समस्याको चाँड़ै समाधान गरिदिने निर्देश अधिकारीहरूलाई दिइन्।
मुख्यमन्त्रीले सोशल मीडिया प्लेटफर्म एक्सको पोस्टमा भनिन्, जनताको कुरा सुन्नु र समाधान दिनु सुशासनको मूल आधार हो। यो नै दिल्लीको नयाँ कार्य संस्कृति हो। अब नागरिकहरूलाई आफ्नो समस्या समाधान गर्नको लागि भीड़मा उभिनुपर्ने आवश्यकता छैन। सीएम जनसुनवाई पोर्टलको माध्यमबाट अनलाइन सिकायत दर्ता गराउन सक्नेचन् र त्यसको प्रगतिलाई रियल-टााइममा हेर्न सक्नेछन्।
मुख्यमन्त्रीले बताइन्, राजधानीमा 75 भन्दा अधिक सेवाहरू अब सामान्य सेवा केन्द्र (सीएससी)- को माध्यमबाट उपलब्ध छन् ताकि नागरिकहरूलाई आफ्नो कामको लागि कार्यालयहरू धाइरहन नपरोस् साथै उनीहरूलाई आफ्नै क्षेत्रमा समाधान प्राप्त होस्। सेवा, पारदर्शिता र जनसहभागिताको संकल्पसितै दिल्लीमा सुशासनको व्यवस्था निरन्तर मजबुत भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा