कारको ठक्करले व्यक्तिकोक मृत्यु
कारको ठक्करले व्यक्तिकोक मृत्यु


जलपाईगुड़ी, 11 मार्च (हि. स.)। राजगञ्ज क्षेत्रस्थित राष्ट्रिय राजमार्गमा भएको एक पीड़ादायी सड़क दुर्घटनामा परी एकजना व्यक्तिको मृत्यु भयो।घटना बुधवार बिहान हात्तीमोड़ निकट बालाईगछ क्षेत्रमा भएको हो।

मृतकको पहिचान बिरेन राय (55)- को रूपमा भएको छ जो राजगञ्ज ब्लकको बालाईगछ गाउँका निवासी थिए।

प्राप्त जानकारी अनुसार बुधवार बिहान बिरेन आफ्नो गाई-वस्तुलाई चराउनको लागि घरबाट हिंड़ेका थिए। उनले सड़क पार गरिरहँदा एउटा द्रूत गिको कारले उनलाई भयानक ठक्कर दियो। यस घटनामा बिरेन गम्भीर रूपमा घाइते भए। उनीसित रहेको एउटा पशुको पनि घटनास्थलमै मृत्यु भयो। स्थानीय मानिसहरूले उनलाई राजगञ्ज ग्रामीण अस्पतालमा पुऱ्याए जहाँ चिकित्सकहरूले उनलाई मृत घोषित गरिदिए।

घटनापछि आक्रोशित मानिसहरूले कार चालकलाई समातेर राजगञ्ज थानाको पुलिसलाई जिम्मा दिए। पुलिस सम्पूर्ण मामिलाको जाँचमा जुटेको छ। घटनाको कारणले क्षेत्रमा शोक अनि आक्रोश दुवै व्याप्त भएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande