पुलिस अधिकारी मनोरञ्जन मण्डलको आवासमा ईडीको छापा
पुलिस अधिकारी मनोरञ्जन मण्डलको आवासमा ईडीको छापा


आसनसोल, 11 मार्च (हि. स.)। कोइला तस्करी तथा बालुवातस्करी सिण्डिकेट संचालनसित जोड़िएका बूदबूद थानाकपूर्व प्रभारी मनोरञ्जन मण्डलको दुर्गापुरको अम्बुजा स्थित आवासमा एनफोर्समेन्ट डाइरेक्टेड (इडी) अधिकारीहरूले छापा मारे।

प्राप्त जानकारीअनुसार बिहान सात बजी इडीका चार जना अधिकारीहरू सिटी सेन्टरकोअम्बुजा स्थित पुलिस अधिकारी मनोरञ्जन मण्डलको घरमा पुगे। यी अधिकारीहरूले मनोरञ्जन मण्डलको घरमा नोटिस पनि टाँसिदिएका छन्।

सूत्र अनुसार, पुलिस अधिकारी मनोरञ्जन मण्डल कोइला तथा बालुवा तस्करी गर्ने सिण्डिकेटको संचालनमा सामेल थिए। उनकी पत्नीको खाताबाट लगभग डेढ़ सय कड़ोर रुपियाँ लेनदेन भएको मामिला सामू आएको छ।

उल्लेखनीय छ, एनफोर्समेन्ट डाइरेक्टरले पुलिस अधिकारी मनोरञ्जन मण्डललाई आगामी 13 मार्चको अपरान्ह 12:30 बजीसम्ममा कोलकाता स्थित ईडी कार्यालयमा उपस्थित हुने नोटिस दिएका छन्। ईडी अधिकारीहरू घरमा प्रवेश गर्नसाथ केन्द्रिय सुरक्षा बलका जवानहरूले घरलाई चारैतिरबाट घेरे। कसैलाई पनि घरभित्र जाने तथा बाहिर आउने अनुमति दिएनन्। गत 3 फरवरीको दिन ईडी अधिकारीहरूले मनोरञ्जनको घरमा लगभग दश घण्टाभन्दा अधिक समयसम्म छापामारी अभियान संचालन गरेका थिए।

सोहीदिन जामुड़ियाका दुई जना बालुवा करोबारी किरण खाँ एवं चिन्मय मण्डलको घरमा पनि ईडी अधिकारीहरूले छापा मारेका थिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande