बंगालमा यसपालि भाजपाको सरकार बन्नेछः दुलाल
बंगालमा यसपालि भाजपाको सरकार बन्नेछः दुलाल


पूर्वी सिंहभूम, 11 मार्च (हि.स.)। झारखण्डका पूर्व मन्त्री औ भाजपा नेता दुलाल भुइयाँले पश्चिम बंगालको सत्तारूढ़ सरकारलाई लक्षित गरेका छन्। भुइँयाले बुधवार पत्रकारहरूसित बातचित गर्दै भने, आगामी विधानसभा चुनाउमा राज्यको जनताले परिवर्तन गर्ने मन बनाइसकेका छन्। उनले दाबी गरे, यसपालि पश्चिम बंगालमा भाजपाको सरकार बन्नु निश्चित छ। मुख्यमन्त्री ममता ब्यनर्जीको घमण्ड चकनाचुर हुनेछ।

उनले भने, पश्चिम बंगालको वर्तमान सरकारले आम जनताका समस्याहरूलाई बेवास्ता गरिरहेको छ। राज्यमा कानून-व्यवस्था, बेरोजगारी तथा भ्रष्टाचार जस्ता मुद्दाहरू लगातार बढ़्दै गइरहेको छ जसबाट आम जनता चिन्तित छन्। उनले आरोप लगाए, राज्य सरकार जनताका अपेक्षाहरूमा खरो उत्रिन सकेको छैन जसकारण मानिसहरूमा व्यापक असन्तोष व्याप्त भएको छ।

उनले हालैको राष्ट्रपतिको पश्चिम बंगाल भ्रमणको उल्लेख गर्दै भने, राष्ट्रपतिको आगमनमा मुख्यमन्त्री ममता ब्यनर्जी वा राज्य सरकारको कुनै पनि मन्त्री प्रोटोकल अन्तर्गत उनलाई स्वागत गर्न गएनन्। भुइयाँले यसलाई लोकतान्त्रिक परम्परा तथा संवैधानिक पदहरूप्रति असम्मान बताए। उनले भने, यस घटनाबाट पश्चिम बंगाल सहित सम्पूर्ण देशको आदिवसी समाज रूष्ट भएको छ, किनभने द्रौपदी मुर्मू देशकै पहिलो आदिवासी महिला राष्ट्रपति हुन्।

उनले भने, भाजपा आदिवासी, दलित औ पछौटे वर्गको सामाजिक तथा आर्थिक उत्थानको लागि लगातार कार्यरत छ। उनले दाबी गरे, केन्द्र सरकारका विभिन्न योजनाहरूको लाभ यी वर्गहरूसम्म पुगिरहेको छ, तर पश्चिम बंगाल सरकार यी वर्गहरूको विकासप्रति गम्भीर छैन। पश्चिम बंगालका जनता अब परिवर्तन चाहन्छन् भन्दै उनले आगामी विधानसभा चुनाउमा भाजपालाई व्यापक समर्थन प्राप्त हुने दाबी समेत गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande