भारत-पाक अन्तर्राष्ट्रिय सीमाको पारी अनुप्रवेशकारीहरू सक्रिय
भारत-पाक अन्तर्राष्ट्रिय सीमाको पारी अनुप्रवेशकारीहरू सक्रिय


कठुआ, 11 मार्च (हि.स.)। जिल्ला संलग्न भारत-पाक अन्तर्राष्ट्रिय सीमाको पारी फेरि अनुप्रवेशकारीहरू सक्रिय भएको सूचना प्राप्त भइरहेको छ। सूचनाहरूमा बताइएको छ, जैश-ए-मोहम्मदका चारजना आतंकवादीहरूको एउटा दल सुखमल र मंसुर बड़ापाईमा अनुप्रवेश गर्ने दाउमा बसेको छ जसले उचित मौकाको लागि लगातार रेकी गरिरहेको छ।

आतंकवादीहरूको उपरोक्त दलले आगामी दिनमा हीरानगरस्थित उज्ज, तरनाह औ बेई नालको प्रयोग गरी अनुप्रवेश गर्नसक्छ। पञ्जाबको बमियाल क्षेत्र जुन कठुआको सीमावर्ती हीरानगर र नगरीसित गाँसिएको छ, पछिल्लो केही वर्षदेखिको संदिग्ध गतिविधिहरूको मामिलामा धेरै संवेदनशील रहिआएको छ।

यसको साथै सटे नगरी क्षेत्रमा पनिगत सप्ताह दुई पटक स्थानीय मानिसहरूले कालो कपड़ा लगाएरा संदिग्धहरूलाई देखे जसपश्चात सुरक्षा बलहरूले खोजी अभियान संचालन गरे, तर केही पत्तो लागेन। अब नयाँ सूचनापछि पठानकोट जिल्लाको बमियालमा लगातार सुरक्षा बढ़ाइएको छ। गए मंगलवारदेखि हाइवेको माधोपुर नाकामा पठानकोट पुलिसले जम्मू-कश्मीरमा आउने सबै वाहनहरूलाई रकेर लगातार गहन जाँच गरिरहेको छ साथै चालकको फोटो पनि खिचिरहेको छ। तथापि कठुआ जिल्ला पुलिस पहिलाबाटै हाई अलर्टमा छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande