
नोएडा, 11 मार्च (हि.स.)। थाना सेक्टर-126 मा एक व्यक्तिले उनका छोरा एक यूनिवर्सिटीका छात्र हुन् र यस यूनिवर्सिटीमा पढ्ने चार छात्रहरूले उनका छोरासित कुटपिट गरेको रिपोर्ट दर्ता गराएका छन्। छात्र गम्भीर रूपमा घाइत भएको छ।
थाना सेक्टर 126 का प्रभारी सोमेश कुमारले बताए, हरीश शर्मा पुत्र सरदार सिंहले गए राति थानामा रिपोर्ट दर्ता गराएका छन् कि उनका छोरा शौम्य शर्मा एमिटी यूनिवर्सिटीबाट एमबीए प्रथम वर्षमा पढ़ाई गरिरहेका छन्। पीड़ित अनुसार, एमिटी यूनिवर्सिटीमा आयोजित एक कार्यक्रममा उ भाग लिन गएको थियो। त्यहाँ केही केटाहरूसित उसको बहस भयो। उनका छोराका साथी आर्य़न मोगाको भनाईमा उ ती केटाहरूसित कुरा गर्न जाँदा ती केटाहरूले उमाथि हमला गरे तथा कुटपिट गरेर गम्भीर रूपमा घाइते बनाए।
उनले बताए, मामिलामा छात्रका पिताको शिकायतमा प्रीत मान, विशांक खत्री, प्रियांशु मान तथा तरुण वशिष्ट विरूद्ध कुटपिट सहित विभिन्न धाराहरूमा मुद्दा दर्ता गरी पुलिसले मामिलाको जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी