
मेदिनीपुर, 11 मार्च (हि.स.)। पूर्व मेदिनीपुर जिल्लाको मयनामा भएको भाजपा नेताको हत्याकाण्डमा एनआईएद्वारा जारी नोटिसलाई लिएर तृणमूल तथा भाजपाबीच राजनीतिक बहस तीव्र भएको छ। गत सोमवार साँझ नोटिस जारी भएको खबर फैलिनसाथ क्षेत्रमा खैलाबैला शुरू भएको थियो भने बुधवार बिहानदेखिको यी दुई दलबीच आरोप-प्रत्यारोपको सिलसिला तीव्र भएको छ।
स्थानीय सूत्र अनुसार मयनाको बाकचार घोड़ामहल गाउँमा भाजपाका बूथ अध्यक्ष विजयकृष्ण भुइयाँको 01 मई, 2023-मा अपहरण गरी हत्या गरिएको थियो। मृत भाजपा नेताकी पत्नी लक्ष्मीरानीले मयना थानामा लिखित सिकायत दर्ता गराएकी थिइन्। सिकायतमा उनले तृणमूलका 34 जना नेता-कार्यकर्तहरूको नाम उल्लेख गरेकी थिइन्। पछि अदालतको निर्देशमा यस मामिलाको जाँच गर्ने जिम्मा राष्ट्रिय जाँच एजेन्सी (एनआईए)- सुम्पिइयो। जाँचको क्रममा एआईएले पहिला नै धेरैजना आरोपीहरूलाई पक्राउ गरिसकेको छ। नोटिस पाएपछि नै यस कुरालाई लिएर विवाद शुरू भएको छ।
तृणमूल नेता चन्दन मण्डलले दाबी गरेका छन्, राजनीतिक कारणले उनलाई फसाइँदैछ। उनको आरोप छ, भाजपा छोड़ेर तृणमूलमा सामे भएकै कारणले उनलाई यस मामिलामा फसाउने चेष्टा गरिँदैछ। उनले भने, राजनीतिक प्रतिशोधको भावनाले उनलाई लक्षित गरिरहेको छ।
यस मुद्दामा तृणमूलले पनि केन्द्र सरकार तथा केन्द्रिय एजेन्सीहरूमाथि प्रश्न उठाएको छ। गए मंगलवार साँझ आयोजित एक सभामा तमलुक संगठनात्मक जिल्ला तृणमूल अध्यक्ष सुजित रायले भने, भाजपाले पछिल्लो लामो समयदेकिकै केन्द्रिय जाँच एजेन्सीहरूलाई प्रयोग गरिरहेको छ।उनको दाबी छ, भाजपा रहुञ्जेल चन्दनको नाम यस मामिलामा जोड़िएको थिएन, तर तृणमूलमा सामेल हुनसाथ उनलाई पनि नोटिस पठाइएको छ।
यता भाजपाले उपरोक्त आरोपलाई शिराबाटै खारेज गरेको छ। बुधवार बिहान पार्टीका तमलुक संगठनात्मक जिल्ला महासचिव सुकान्त चौधरीले भने, जाँच एजेन्सीले यदि कसैलाई जाँचबुझको लागि बोलाउँछ भने त्यसमा राजनीति खोज्नु आवश्यक छैन। उनले भने, जाँच आफ्नै ढंगले अगाड़ि बढ़्नेछ। यदि कोही दोषी छ भने कानून अनुसार कारबाही हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा