
सिलगढ़ी, 11 मार्च (हि.स.)। सिलगढ़ी विवेकानन्द स्कूलको डायमण्ड जुबली वर्ष समारोहको शुभारम्भ बुधवार एक भव्य औ रंगारंग शोभायात्राबाट शुरू भयो। शोभायात्रा स्कूल परिसरबाट शुरू भएर शहरका विभिन्न प्रमुख मार्ग तथा हाइवे हुँदै पुनः स्कूल परिसरमा पुगेर समापन भयो।
यस शोभायात्रामा मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार, स्कूलका शिक्षक, वर्तमान औ पूर्व छात्र-छात्राहरू तथा अभिभावकहरूको व्यापक उपस्थिति रहेको थियो।
शोभायात्रामा विभिन्न झाँकीहरूको माध्यमबाट समाजका महत्वपूर्ण मुद्दाहरूलाई दर्शाइयो जसमा सती प्रथा विरूद्ध जागरूकता, बाल विवाहको विरोध, महिला शिक्षाको महत्व तथा योगका लाभहरूलाई प्रस्तुत गरियो। यस अतिरिक्त दशौं बटालियनको ब्याण्ड, ट्राइबल डान्स र सामाजिक सन्देशमूलक पोस्टरहरू पनि आकर्षणको केन्द्र रहेको थियो।
स्कूलका हेडमास्टर महितोष दासले बताए, उच्च माध्यमिक परीक्षाको कारणले पछिल्लो फरवरीमा यो कार्यक्रम आयोजना गर्न सकिएको थिएन। त्यसैले यस वर्ष डायमण्ड जुबली (हिरक जयन्ती) समारोहको शुरूआत शोभायात्राबाट गरिएको छ। उनले भने, यो उत्सव वर्षैभरि विभिन्न सामाजिक तथा शैक्षणिक कार्यक्रमहरूको माध्यबाट जारी रहनेछ। हरेक महिना भिन्न-भिन्न कार्यक्रम आयोजना गरिनेछ अनि आगामी वर्षको फरवरी महिनामा दुई दिवसीय विशेष कार्यक्रम आयोजना गरेर यस समारोहको समापन गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा