
कोलकाता, 11 मार्च (हि.स.)। पश्चिम बंगालका अदालत, डाकघर औ पासपोर्ट कार्यालयहरूलाई पठाइएको बमधम्कीको जाँचमा थाहा लागेको छ, आरोपीहरूले आफ्नो पहिचान लुकाउनका लागि विदेशी सर्वर तथा भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गरेका थिए।
राज्य पुलिसका जाँच अधिकारीहरूले बुधवार बताए, धम्कीपूर्ण ई-मेलको डिजीटल प्रमाण भारत बाहिर अवस्थित सर्वरहरूसित जोड़िएको पाइयो। ममिलाको मुख्य षड़यन्त्रकारी अहिले पनि भागेको छ जसको खोजी जारी छ।
पछिल्लो सप्ताह राज्यका विभिन्न भागहरू विशेष गरी कोलकातामा बमले उड़ाउने धम्कीपूर्ण ई-मेल प्राप्त भएपछि व्यापक सन्त्राष फैलिएको थियो। भिन्न-भिन्न दिनमा अदालत, डाकघर तथा पासपोर्ट कार्यालयहरूलाई यस किसिमको धम्कीपूर्ण ई-मेल पठाइएको थियो। ताजा मामिला दक्षिण कोलकाताको गोल्फ ग्रीन क्षेत्र स्थित रीजेन्ट पार्क डाकघरको हो जहाँ पछिल्लो मंगलवार धम्कीपूर्ण ई-मेल प्राप्त भएको थियो। धम्की पाएपछि पुलिस र बम निरोधक दलले घटनास्थलमा पुगेर सम्पूर्ण परिसरलाई खाली गराई घण्टौंसम्म खोजी अभियान संचालन गऱ्यो, तर त्यस्तो संदिग्ध वस्तु फेला परेन। तथापि जाँच एजेन्सीहरूले आगामी दिनमा पनि यस्तै प्रयास हुनसक्ने आशंकालाई अस्वीकार गरेका छैनन्।
यसपूर्व कोलकाता र राज्यका अन्य जिल्लाका कतिपय अदालतहरूका न्यायाधीशहरूलाई पनि यस्तै धम्कीपूर्ण ई-मेल प्राप्त भइसकेको छ। यस मामिलाको जाँच पश्चिम बंगाल पुलिस तथा कोलकाता पुलिसको विशेष कार्यबलद्वारा संयुक्त रूपमा गरिँदैछ।
पुलिस अनुसार हालका महिनाहरूमा देशका विभिन्न भागहरूबाट यस किसिमको झुटो बम धम्कीको मामिला सामू आएको छ। अलग-अलग राज्यहरूका जाँच एजेन्सीहरूले आरोपीहरूसम्म पुग्नका लागि आपस्तमा सूचनाहरू साझा गरिरहेका छन्। एउटा प्रमाणको आधारम गुजरात पुलिसले हालैमा एकजना युवकलाई पक्राउ गरी पश्चिम बंगालमा ल्याएको छ।
अधिकारीहरूले बताए, पक्रा पर्ने युवकले आफूले यस्तो ई-मेल नपठाएको बताए पनि उसको ई-मेल आईडीको प्रयोग यस षड़यन्त्रमा गरिएको थियो।
जाँचमा यो पनि उजागार भएको छ, साइबर अपराधहरूमा प्रयोग हुने ई-मेल आईडी इन्टरमा किनबेच हुन्छ र धेरैवटा मामिलाहरूमा मूल उपयोगकर्तालाई यस बारे जानकारी पनि हुँदैन। यसबाट संगठित गिरोहको संलिप्तता रहेको आशंका व्यक्त गरिँंदैछ। जाँच एजेन्सीहरू अनुसार पक्रा पर्ने युवक पनि यस्तै गतिविधिमा सामेल रहेको आशंका छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा