पश्चिम मेदिनीपुरमा भाजपाको ‘परिवर्तन यात्रा’-माथि राजनीतिक घमासान
पश्चिम मेदिनीपुरमा भाजपाको ‘परिवर्तन यात्रा’-माथि राजनीतिक घमासान


मेदिनीपुर, 11 मार्च (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लामा भारतीय जनता पार्टी (भाजपा)-को ‘परिवर्तन संकल्प यात्रा’- लाई लिएर सत्ताधारी तृणमूल कंग्रेस र मुख्य विपक्षी दल भाजपाबीच राजनीतिक घमासान चरममा पुगेको छ। जिल्लाका विभिन्न अञ्चलहरूमा निकालिरहेको यस यात्राले आगामी चुनाउपूर्व राजनीतिक तापमान बढ़ाइदिएको छ। एकातिर भाजपाले यस यात्रालाई जनसमर्थनको प्रतीत बताइरहेको छ भने अर्कोतिर तृणमूल कंग्रेसलाई यसलाई पूर्ण रूपमा विफल बनाउनमा जुटेको छ।

परिवर्तन यात्राको माध्यमबाट भाजपाले आफ्नो सांगठनिक धारलाई तीव्र बनाउने चेष्टा गरिरहेको छ। रथ परिक्रमा तथा जनसभाहरूको यस श्रृंङखलामा केन्द्रिय मन्त्री गिरिराज सिंह, विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारी, प्रदेश अध्यक्ष शमिक भट्टचार्य औ राहुल सिन्हा जस्ता दिग्गज नेताहरू गर्जिरहेका छन्। यसै क्रममा कुर्मी समाजका प्रभावशाली नेताराजेश महतो भाजपामा सामेल हुनुलई क्षेत्रको जाातीय समीकरणको दृष्टिले महत्वपूर्ण मानिँदैछ।

जनसभाहरूमा भाजपा नेताहरूले लोक लोभ्याउने वाचारहरूको ओइरो लगाइरहेका छन् जसमा 'लक्ष्मी भण्डार'- को राशि बढ़ाएर तीन हजार रुपियाँ बनाउने, किसानहरूलाई वार्षिक 18 हजार रुपियाँको सहायता औ भ्रष्टाचार मुक्त शिक्षक नियुक्ति जस्ता संकल्प सामेल छन्।

अर्कोतिर तृणमूल कंग्रेसले भाजपाका यी दाबीहरूमाथि कड़ा प्रहार गरेको छ। पार्टीको तर्क छ, भाजपाका सभाहरूमा अपेक्षित भीड़ जुटिरहेको छैन जसले यस कुरालाई प्रमाणित गर्दछ कि बंगालका जनताले यस यात्रालाई नकारिदिएका छन्। पुलिस रिपोर्टको आधारमा तृणमूल नेताहरूले दाबी गरे, अधिकांश कार्यक्रमहरूमा उपस्थिति धेरै न्यून रहेको छ।

तथापि भाजपा नेतृत्वको भनाइ छ, यस यात्राको मुख्य उद्देश्य शक्ति प्रदर्शनको सट्टा बूथ स्तरका कार्यकर्ताहरूलाई पुनर्जीवित बनाउनु हो। नारायणगढ़का नेता गौरिशंकर अधिकारी औ अरूप दास अनुसार ग्रामीण क्षेत्रहरूमा कार्यकर्ताहरूभित्र यस यात्राले नयाँ उत्साह सञ्चार गरिदिएको छ। अबेर रातसम्म मानिसहरू रथलाई प्रतीक्षा गर्नाले धरातीलय यथार्थको बयान गर्दछ।

अर्कोतिर प्रत्याक्रमणको रणनीति अन्तर्गत तृणमूल कंंग्रेसको घाटाल सांगठनिक जिल्ला अध्यक्ष अजित माइतीले भाजपामाथि मतदाताहरूलाई अदेखा गरेको आरोप लगाएका छन्। भाजपाको यस यात्राको जवाफमा तृणमूलले पनि जवाफी जुलूस निकाल्ने निर्देश दिएको छ जसबाट आगामी दिनमा राजनीतिक टक्कर अझ तीव्र हुने सम्भावना छ। दुवै दल अब यस 'यात्रा' -को बहानामा ग्रामीण क्षेत्रहरूमा आफ्नो पकड़ बलियो बनाउने होड़मा लागिपरेका छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande