विद्या भारती पूर्व क्षेत्रका संगठन मन्त्री डा आनन्द राव सिक्किम प्रवासमा
विद्या भारती पूर्व क्षेत्रका संगठन मन्त्री डा आनन्द राव सिक्किम प्रवासमा


विद्या भारती पूर्व क्षेत्रका संगठन मन्त्री डा आनन्द राव सिक्किम प्रवासमा


गान्तोक, 11 मार्च (हि.स.)। विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको सिक्किम प्रदेश शाखा आफ्नो स्थापनाको रजत जयन्ती मनाउने तयारीमा जुटेको छ। संस्थाले आगामी 27 मार्चका दिन भव्यरूपमा आफ्नो रजत जयन्ती मनाउने निधो गरेको छ। यस समारोहलाई ध्यानमा राख्दै विद्या भारतीका क्षेत्रीय संगठन मन्त्री (पूर्व क्षेत्र) डा. आनन्द राव हाल सिक्किम प्रवासमा रहेका छन्।

आफ्नो प्रवासको क्रममा संगठन मन्त्री डा. रावले सिङताममा व्यवसायीहरू र पाकिम बजारमा विशिष्ट व्यक्तिहरूसॅंग संगठनात्मक चर्चा गरे। यसैगरी, उनले हिजाे विद्या भारती सिक्किम अधीनस्थ सरस्वती विद्या निकेतन, माचोङको पनि भ्रमण गरे। विद्यालयका शिक्षकगण र विद्यार्थीहरूले संगठन मन्त्रीलाई हार्दिक स्वागत जनाए।

संगठन मन्त्री डा. आनन्द रावले आफ्नो सम्बोधनमा प्रेरणादायक विचार एवं मार्गदर्शन प्रदान गरे। उनले विशेष गरी रजत जयन्ती समारोहको तयारी र महत्वमाथि प्रकाश पारेका थिए।

द्वीप प्रज्ज्वलन र परिचय आदान प्रदानका साथ शुरू भएको कार्यक्रमलाई विद्या भारती सिक्किमका अध्यक्ष सीके राई, महासचिव विजय कुमार शर्मा, विद्यालय सञ्चालन समितिका अध्यक्ष रमेश शर्मा र समन्वयक देवराज शर्माले पनि सम्बोधन गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande