
आसनसोल, 12 मार्च (हि.स.)। पश्चिम बंगालमा यस वर्ष 2026-मा हुन गइरहेको विधानसभा चुनाउलाई लिएर राजनीतिक हावा तातिँदै गइरहेको छ। चुनाउ आयोगको आधिकरिक घोषणापूर्व कोलकाताको ऐतिहासिक ब्रिगेड परेड ग्राउण्डमा प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताावित विशाल जनसभालाई लिएर राज्यको राजनीतिमा सक्रियता बढ़ेको छ।
पश्चिम बर्दवान जिल्लाको आसनसोलमा पनि यस ऱ्यालीलाई लिएर बिहीवार भिन्नै माहोल देख्न पाइयो। समाजसेवी तथा बाजपा नेता कृष्णा प्रसादको पहलमा यहाँ एक भव्य महायज्ञ आयोजना गरिएको छ। यस महायज्ञको माध्यमबाट पश्चिम बंगालमा परिवर्तनको कामना गरिनको साथै कोलकातामा हुने ब्रिगेड सभाको सफलताको लागि प्रार्थना गरिँदैछ।
सूत्र मुताविक ब्रिगेड मैदानमा हुने यो ऱ्यालीलाई राजनीतिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिँदैछ। यस मञ्चबाट पश्चिम बगालमा परिवर्तनको सन्देश दिने प्रयास गरिनेछ। साथै यस अवधि केही प्रमुख राजनीतिक हस्तिहरू भाजपामा सामेल हुने चर्चा पनि चलिरहेको छ। ऱ्यालीलाई सफल बनाउनका लागि पार्टी कार्यकर्ता तथा समर्थकहरू पूर्ण शक्ति खन्याएर तयारीमा जुटेका छन्।
भाजपा नेता कृष्णा प्रसादले बताए, प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनको अवसरमा यो महायज्ञ आयोजना गरिएको हो। साथै पश्चिम बंगालमा तृणमूलको कथित अत्याचारको अन्त अनि आगामी विधानसभा चुुनाउमा नयाँ परिवर्तनको लागि पनि प्रार्थना गरिंंदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा