युवकको शव कोठाभित्र फेला पऱ्यो, क्षेत्रमा सन्त्राष
युवकको शव कोठाभित्र फेला पऱ्यो, क्षेत्रमा सन्त्राष


पश्चिम मेदिनीपुर, 12 मार्च (हि. स.)। जिल्लाको चन्द्रकोना थाना अन्तर्गत डिंगाल गाउँमा बिहीवार बिहान एकजना युवकको शव उसको घरभित्रै भेटियो। यस घटनाको कारणले क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। मृतकको पहिचान सौरभ बाग (26)-को रूपमा भएको छ।

प्राप्त जानकारी अनुसार सौरभ बागले आफ्नो घरभित्रै फाँसी लगाएर आत्महत्या गरेको आशंका छ। घटनाको खबर पाउनसाथ स्थानीय मानिसहरू अनि आफन्त घटनास्थलमा पुगे। भनिन्छ, मृतकको परिवारमा एकजना पाँच वर्षीय छोरा र एकजना तीन वर्षीय छोरी छन्।

स्थानीय सूत्र मुताविक सौरभ र उसकी पत्नीमाझ सम्बन्ध राम्रो थिएन। पछिल्लो लगभग एक वर्षदेखिको उसकी पत्नी आफ्नी छोरीलाई लिएर माइतमै बस्दै आइरहेकी छे। भनिन्छ, यसै पारिवारिक तनााउको कारणले सौरभले यो कदम उठाएको हुनसक्छ। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिई पोस्टमर्टम गर्नको लागि पठाइदियो। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande