ब्राउन शुगरको साथ महिला लागूऔषध तस्कर पक्राउ
ब्राउन शुगरको साथ महिला लागूऔषध तस्कर पक्राउ


सिलगढ़ी, 12 मार्च (हि.स.)। नक्सलबाड़ी थाना पुलिसले ब्राउन शुगर सहित एक महिला लागूऔषध तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकी महिलाको पहिचान नक्सलबाड़ी जिल्लाको खालबस्ती क्षेत्रकी निवासी स्वप्ना बेगमको रूपमा गरिएको छ।

पुलिस सूत्रहरू अनुसार, गुप्त सूचनाको आधारमा बुधवार राति नक्सलबाड़ी थाना क्षेत्र अन्तर्गत प्रेमनगर कोलोनीमा छापा मारिएको थियो। छापा मार्ने क्रममा एक शंकास्पद महिलालाई नियन्त्रणमा लिइयो र उसको खानतलाशी लिइयो र उदेखि लगभग 70 ग्राम ब्राउन शुगर जफत गरियो। पुलिसले महिलालाई एनडीपीएस एक्ट अन्तर्गत पक्राउ गरेको छ।

उक्त महिला ब्राउन शुगर पुर्याउउन आएकी थिइन् भनी खबर आएको छ। यस घटनामा अरु को संलग्न छ भनेर पत्तो लगाउन नक्सलबाड़ी थाना पुलिसले अनुसन्धान शुरु गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande