
जम्मू, 12 मार्च(हि.स.)। अनुभवी राजनेता औ जम्मू-कश्मीरका पूर्व मुख्यमन्त्री फारूक अब्दुल्लाले गए बुधवार राति यहाँ एक विवाह समारोह अवधि एक जना व्यक्तिले कथित रूपमा उनको हत्या गर्ने चेष्टा गरेको घटनापछि आफ्नो पहिलो प्रतिक्रियामा भने, भगवानले मलाई बचाए। कमल सिंह जामवालको रूपमा चिन्हित हमलाकारीले शहरको बाहिरी क्षेत्र ग्रेटर कैलाशमा एक कार्यक्रम अवधि कथित रूपमा अब्दु्ल्लालाई लक्षित गऱ्यो। अब्दुल्ला यस घटनामा भाग्यले बचे। उनी कार्यक्रम स्थलदेखि बाहिरिँदै गर्दा पछाड़ीबाट एक जना बन्दुकधारीले उनीमाथि गोली दाग्यो।
अब्दुल्लाले बिहिवार बिहान भने, म ठीकै छु र भगवानले मलाई बचाएका छन्। त्यस भयानक क्षणलाई सम्झिँदै उनले भने, आक्रमणकारी उनको गर्दनको पछाड़ी आइपुग्न सफल भएको थियो। उनले भने, अन्तिम क्षणमा, एनएसजी सहित सुरक्षाकर्मीहरूले उसलाई समाते। मलाई तुरून्त मेरो कारमा बसाएर सुरक्षित बाहिर निकालियो। अब्दुल्लामाथि भएको हमलाले यस संवेदनशील केन्द्रशासित प्रदेशमा सुरक्ष तन्त्रलाई लिएर गम्भीर चिन्ता उत्पन्न गरिदिएको छ। यस्तो हाई प्रोफाइल सुरक्षा व्यवस्थाबीच पनि यस किसिमको सुरक्षा चूक भएकोमा अब्दुल्लाले टिप्पणी गर्न अस्वीकार गरे।
यता उनका छोरा तथा जम्मू-कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाले एक्सको एउटा पोस्टमा चिन्ता व्यक्त गरेका छन्- ...जहाँसम्म थाहा लागेको छ, भरिएको पिस्तोल बोकेर एक जना व्यक्ति बिन्दु-रिक्त सीमाभित्र आएर गोली चलाउन सक्षम थियो। यो मात्र निकटवर्ती सुरक्षा टीम थियो जसले गोलीलाई विफल बनायो अनि सुनिश्चित गऱ्यो कि हत्या गर्ने प्रयास विफल होस्। उनले यो पनि भने, अहिलेघरि उत्तरभन्दा अधिक प्रश्नहरू छन् जसमा यो पनि सामेल छ, कुनै व्यक्ति जेड+ एनएसजी सुरक्षा प्राप्त पूर्व मुख्यमन्त्रीको नजिकमा कसरी पुग्यो। घटनापछि मुख्यमन्त्री जम्मू पुगे अनि सोझै आफ्ना पिताको आवासमा गए।
शीर्ष अधिकारीहरूले अब जम्मू-कश्मीरमा केन्द्र सरकारबाट सुरक्षा प्राप्त सबै मानिसहरूको सुरक्षाको समीक्षा गरिरहेका छन्। सुरक्षालाई अझ् कड़ा बनाउने उपाय गरिरहेका छन् जसमा लावा लस्करमा उपयोग हुने ज्यामरलाई अपग्रेड गर्नु पनि सामेल छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा