
पूर्व मेदिनीपुर, 12 मार्च (हि.स.)। पश्चिम बंगालमा आगामी विधानसभा चुनाउअघि पूर्व मन्त्री एवं तमलुकका विधायक सौमेन महापात्रको सुरक्षा व्यवस्थालाई घटाएको विषयमा राजनीतिक खैलाबैला बढ़ेको छ। प्रशासनद्वारा उनको सुरक्षा व्यवस्थामा कटौती गरिएपछि राजनीतिक जगतमा निकै अड़कल काड़िँदैछ।
प्राप्त जानकारी अनुसार पाँशकुड़ास्थित विधायकको आवासबाट सुरक्षामा तैनाथ 6 जना पुलिस कर्मीहरूलाई बोलाइएको छ। यस अतिरिक्त विधायकका निजी सुरक्षा अधिकारीलाई पनि हटाइएको छ। यस सम्बन्धमा बुधवार साँझ विधायकले स्वयं जानकारी दिएका हुन्। हाल उनको सुरक्षामा कोलकाता पुलिसका दुईजना तथा पश्चिम मेदिनीपुर जिल्ला पुलिसका एक जना कर्मी मात्र तैनाथ छन्।
तमलुकका विधायकसँगसँगै महापात्र विधानसभाको लोकल फण्ड स्ट्याण्डिंग कमिटीका अध्यक्ष पनि हुन्। मन्त्रीमण्डलबाट हटाइए पनि उनलाई अहिलेसम्म ‘पायलट कार’ सहित उच्चस्तरीय सुरक्षा प्राप्त भइरहेको थियो। यस स्थितिमा विधानसभा चुनाउ आउनै लागेको बेलामा उनको सुरक्षामा अचानक कटौतीलाई राजनीतिक विश्लेषकहरूले धेरै महत्वपूर्ण मानिरहेका छन्।
यस सन्दर्भमा प्रश्न गर्दा सौमेन महापात्रले भने, उनलाई यस सम्बन्धमा जानकारी छैन। यस विषयमा उनले पार्टीलाई अवगत गराएका छन्। 12 मार्चमा मीडिया सामु आएर विस्तार पूर्वक आफ्नो कुरा राख्ने पनि उनले बताए।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा