
कोलकाता, 12 मार्च (हि.स.)। तृणमूल कंग्रेसले बिहीवार सोशल मीडिया मञ्च एक्समा एउटा पोस्टको माध्यमबाट केन्द्रको भाजपा सरकारमाथि चर्को प्रहार गऱ्यो। तृणमूलले आफ्नो पोस्टम वर्ष 2016-को नोटबन्दीको उल्लेख गर्दै भन्यो, त्यसताक प्रधानमन्त्री नरेन्द्र मोदीको फसेलाको कारणले देशभरिकै आम मानिसहरू ब्यांक तथा एटीएम बाहिर घण्टौं उभिएर आफ्नै पैसा निकाल्नको लागि हैरान भएका थिए।
पार्टीले वर्ष 2020- को कोरोना महामारी अवधि देशमा व्याप्त अक्सीजनको अभावको मुद्दा उठाउँदै आरोप लगायो, त्यसबेला स्वास्थ्य व्यवस्थाका कमी-कमजोरीहरू बाहिरिएको थियो तथा मानिसहरू अस्पताल तथा अक्सीजनको लागि घण्टौंसम्म लाइनमा उभिन बाध्य भएका थिए।
पोस्टमा वर्ष 2025-26 को मतदाता सूचीसित सम्बन्धित मुद्दाको पनि उल्लेख गर्दै भनियो, लाखौं मानिसहरूलाई आफ्नो अस्तित्व र नागरिकता साबित गर्नका लागि पंक्तिबद्ध हुनुपऱ्यो। यसमा गर्भवती महिला, बुजुर्ग, बिमार तथा दैनिक मजदुर सामेल थिए।
यस अतिरिक्त तृणमूल कंग्रेसले भा्न्सा ग्यासको बढ़्दो मूल्यलाई लिएर पनि केन्द्र सरकारको आलोचना गऱ्यो। पार्टीले आरोप लगायो, एलपीजीको लगातार मूल्य वृद्धिको करणले आपूर्ति व्यवस्था प्रभावित भएको छ जसले गर्दा आम मानिसहरूलाई सिलेण्डरको लागि भीड़मा उभिन परिरहेको छ। पोस्टमा यो पनि भनियो, 12 वर्ष 4 लाइन तथा एक सरकार, तर जवाफदेही शून्य। पार्टीले भाजपामाथि कटाक्ष गर्दै लेख्यो, भाजपाको एउटै नारा छ- लाइनमा बस देश बिचरा।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा