इन्धन संकटलाई लिएर ममताले कोलकातामा विरोध मार्च गर्ने
इन्धन संकटलाई लिएर ममताले कोलकातामा विरोध मार्च गर्ने


कोलकाता, 12 मार्च (हि.स.)। पश्चिम एशियामा भइरहेको युद्धको कारणले सृजित इन्धन संकटलाई लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीले आगामी हप्ता कोलकातामा विरोध मार्चको नेतृत्व गर्नेछन्। उनले यस संकटको लागि केन्द्र सरकारका नीतिहरूलाई जिम्मेवार ठहराएकी छन्।

पार्टी सूत्र अनुसार तृणमूल कंग्रेस प्रमुखले आगामी सोमवार सड़कमा उत्रेर केन्द्र सरकारका नीतिहरूको विरोधमा प्रदर्शन गर्नेछन्। तथापि मार्चको मार्ग अहिले नै निश्चित गरिएको छैन।

भनिन्छ, पश्चिम एशिया र अरब क्षेत्रमा जारी संघर्षले दोस्रो हप्तामा प्रवेश गरिसकेको छ जसको प्रभाव वैश्विक ऊर्जा आपूर्तिमाथि पर्न थालेको छ। विश्वको एउटा ठूलो भागको काँचो तेल एक महत्वपूर्ण समुद्री मार्ग भएर गुज्रिन्छ जुन मार्ग प्रभावित भएको कारणले केही देशहरूमा इन्धन आपूर्ति बाधित भएको छ।

मुख्यमन्त्रीले आरोप लगाइन्, केन्द्र सरकार यस संकटको पूर्वानुमान लगाउन र आवश्यक तयारी गर्नमा विफल भएको छ। उनले प्रश्न उठाइन्, भान्सा ग्यासको बुकिंगबीच 25 दिनको अन्तर किन गरियो? साथै देशमा उपलब्ग ग्यास भण्डारको जानकारी किन सार्वजनिक गरिएन?

यसपूर्व मुख्यमन्त्रीले मतदाता सूचीको विशेष गहन पुनरीक्षण (एसआईआर) प्रक्रिया अवधि मतदाताहरूको वैधताको मुद्दामा धर्मतल्लामा धरना दिसकेकी छन्। यसमा पनि उनले इन्धन संकटको मुद्दा उठाएकी थिइन्। अब उनले विरोधलाई तीव्रता दिँदै सड़कमा उत्रिने निर्णय लिएकी छन्।

मुख्यमन्त्रीले गए बुधवार तेल कम्पनी तथा भान्सा ग्यास वितरक प्रतिनिधिहरूसित आपतकालीन बैठक गरेकी थिइन्। बैठकपछि उनले भनेकी थिइन्, पेट्रोल र डिजलको आपूर्ति अहिले नै गम्भीर रूपमा प्रभावित भएको छैन, तर भान्सा ग्यास सिलेण्डरको आपूर्तिमा समस्या आइरहेको छ। उनले भनिन्, राज्यमा उपलब्ध ग्यास भण्डारलाई हाल राज्य बाहिर नपठाउने निर्देश दिइएको छ। साथै यस संकटको सामना गर्नको लागि राज्य सरकारले एक मानक कार्यप्रणाली पनि बनाउनेछ।

पार्टी सूत्रले बतायो, प्रस्तावित विरोध मार्चको रूपरेखा तथा अन्य व्यवस्थाहरूलाई अन्तिम रूप दिनु अहिले बाँकी नै छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande