
कोलकाता, 12 मार्च (हि.स.)। पश्चिम एशियामा जारी तनाउबीच भान्सा ग्यासको आपूर्ति प्रभावित हुने आशंकालाई मध्यनजर गर्दै कोलकाता पुलिसले शहरभरि नै निगरानी बढ़ाएको छ। एकजना वरिष्ठ पुलिस अधिकारीले बिहीवार बताए, एलपीजी सिलेण्डरहरूको कालो बजारलाई रोक्नको लागि सबै थानाहरूलाई विशेष सतर्कता अप्नाउने निर्देश दिइएको छ।
पुलिस मुख्यालय लाल बजारद्वारा जारी निर्देशानुसार शहरका सबै पुलिस थानाहरूलाई एलपीजी सिलेण्डरको आवागमन र वितरणमाथि नजर राख्न भनिएको छ। साथै कुनै पनि प्रकारको जमाखोरी वा अवैध बिक्रीलाई रोक्नको लागि विशेष निगरानी व्यवस्था गरिएको छ।
सम्भावित संकटको सामना गर्नको लागि पुलिस ब्यारकहरूमा वैकल्पिक व्यवस्थाको रूपमा इण्डक्शन चुल्हा वा माइक्रोवेभ जस्ता साधनहरूको उपयोग गर्ने तयारी पनि गरिँदैछ ताकि व्यवसायिक ग्यासको अभावमा पनि भोजन व्यवस्था प्रभावित नहोस्।
यो निर्णय मुख्यमन्त्री ममता ब्यनर्जीद्वारा बुधवार एलपीजी वितरकहरूसित गरिएको आपत बैठकपछि लिइएको हो। बैठकमा मुख्यमन्त्रीले उपलब्ध ग्यास भण्डारको वितरण तयार गर्ने अनि सिलेण्डरहरूको कालो बजारलाई रोक्नको लागि मानक कार्यप्रणाली बनाउने निर्देश दिएकी थिइन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा