पश्चिम बंगालमा मौसमको स्वरूप फेरियो, केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने सम्भावना
पश्चिम बंगालमा मौसमको स्वरूप फेरियो, केही जिल्लाहरूमा मेघ गर्जनसितै वर्षा हुने सम्भावना


कोलकाता, 12 मार्च (हि.स.)। पश्चिम बंगालको मौसम अहिलेघरि परिवर्तनशील देखिएको छ। कहिले आकाशमा बादल लाग्छ भने केही समयपछि चर्को घाम लाग्छ। यसबीच अलिपुर मौसम विभागले आगामी केही दिनमा दक्षिण तथा उत्तर दुवै बंगालका जिल्लाहरूमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। यसको साथै तीव्र हावा चल्ने अनुमान पनि लगाइएको छ।

बिहीवार बिहानदेखिकै कोलकताको आकाश बादलले ढाकेको छ। मौसम विभागानुसार शहरका केही क्षेत्रहरूमा छुटपुट वर्षा तथा तीव्र हावा चल्ने सम्भावना छ। साथै बज्रपातलाई लिएर सतर्कता जारी गरिएको छ।

कोलकातामा बिहीवार न्यूनतम तापमान 25.3 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 2.7 डिग्री अधिक हो। अधिकतम तापमान 30.8 डिग्री सेल्सियस रह्यो जुन सामान्यभन्दा 2.2 डिग्री कम हो।

दक्षिण बंगालको हावड़ा, हुगली र दक्षिण 24 परगना सहित केही जिल्लाहरूमा बिहानदेखिकै बादल लागेको छ। क्षेत्रमा हल्कादेखि मध्यम वर्शा तथा बज्रपात हुने सम्भावना छ। साथै 30-40 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्नसक्छ। तथापि वर्षा भए पनि तापमान अधिक घटबढ़ हुने सम्भावना छैन।

मौसम विभागले बतायो, आगामी 24 घण्टामा उत्तर बंगालका केही जिल्लाहरूमा पनि मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षाा हुने सम्भावना छ। दार्जीलिङ, जलपाईगुड़ी, मालदा तथा दक्षिण दिनाजपुर जिल्लाको लागि विशेष सतर्कता जारी गरिएको छ। यसरी नै सिक्किमका पार्वतीय क्षेत्रहरूमा हल्का वर्षा अनि हिमपात हुने सम्भावना रहेको छ।

मौसम विभागले किसानहरूलाई विशेष सल्लाह दिएको छ, आलु तयार भइसकेको छ भने त्यसलाई चाँड़ै निकालेर सुरक्षित स्थानमा भण्डारण गरियोस्, किनभने अचानक हुने वर्षाले फसललाई नोक्सान पुऱ्याउनसक्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande